अन्नपूर्ण राजनीति बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण केही निर्णय गरेको छ। संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठक असार ३० गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिसको निर्णय गरेको छ। संघीय संसदको कार्य सञ्चालन नियमावली पारित गर्नका लागि संयुक्त बैठक असार ३० गतेका लागि बोलाउन राष्ट्रपति समक्ष सिफारिस भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री
Complete Reading

सरकारले नेपाल टेलिभिजनको अध्यक्षमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टलाई नियुक्त गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई टेलिभिजनको अध्यक्ष नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। त्यसैगरी सरकारले राष्ट्रिय समाचार समितिको अध्यक्षमा हरिहर अधिकारी (श्यामल)लाई नियुक्त गरेको समेत मन्त्री बास्कोटाले जानकारी दिए .  

अन्नपूर्ण विश्वकप २०१८ काठमाडौं : विश्व फुटबलको महाकुम्भ  रसियाको मस्कोमा सुरु भएको छ। विश्वकप फुटबलको २१औं संस्करणमा ३२ देश सहभागी छन्। सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। एक महिना (जुलाई १५ सम्म) चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन्। विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, स्पेन,
Complete Reading

अन्नपूर्ण विश्वकप २०१८  २१ औँ सस्ंकरणको विश्वकप फुटबल प्रतियोागिता अन्तरगत बिहीबार राति भएको उद्घाटन खेलमा आयोजक रसियाले शानदार सुरुवात गरेको छ । लुझ्न्की स्टेडियममा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसहित विश्वका विभिन्न नेताको उपस्थितिमा भएको खेलमा रसियाले साउदी अरेबियालाई ५–० गोलअन्रतले पराजित गरेको हो । समूह ए को पहिलो खेलमा रसियाले साउदी अरेबियामाथि गोलबर्षा गर्ने क्रममा पहिलो
Complete Reading

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन। तर थानकोटकै दक्षिण–पश्चिममा अवस्थित एक कुनोको वास्तविकता फरक देखिन्छ। धुलो, हिलो र धुँवा छोडेर २० मिनेट पैदल वा ३ मिनेट सवारी साधन कुदाएपछि केबल कारको
Complete Reading

काठमाडौं– व्यवस्थापिका संसदअन्तर्गतको विकास समितिले वैदेशिक रोजगारीमा कामदार पठाउन सम्झौता गर्दा विप्रेषण(रेमिट्यान्स) बैंकिङ माध्यमबाट भित्रिने व्यवस्था गर्न सरकार तथा श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ। विदेशबाट बैंकिङ प्रणालीमार्फत नेपालमा विपे्रषण पठाउँदा लाग्ने कमिसन तथा शुल्क नेपाल सरकारले व्यहोर्ने नीतिगत व्यवस्था गर्नसमेत समितिले सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ। रेमिट्यान्स कम्पनीहरुले
Complete Reading

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा चाँडै सकिने सम्भावना बढेको हो। १०.४४ किलोमिटर सुरुङ खन्न बाँकी रहँदा आयोजनाले २०७४ असोजसम्ममा पानी खुवाउने लक्ष्य राखेको छ। सुन्दरीजलदेखि उपत्यकाका उपभोक्तासम्म पानी वितरण गर्ने
Complete Reading

प्रतिनिधिसभा सदस्य योगश भट्टराईले नेपालमा उत्पादित अलैंचीको बजार खोज्न सरकारलाई आग्रह गरेका छन् । बुधबार संसद्‍ बैठकमा विशेष समय लिएर उनले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा यो विषयलाई प्राथमिकताका साथ समेट्नुपर्ने माग गरेका हुन् । ताप्लेजुङ लगायत देशका ४७ जिल्लामा उत्पादित अलैंचीको उत्पादन र मूल्य घटिरहेका बेला यसमा सरकार गम्भीर हुनुपर्ने भट्टराईको माग छ। तथ्यांकसहित प्रस्तुत भएका भट्टराईले
Complete Reading

अधिकांश ट्रिपर चालक कम उमेरका भएकाले गैरजिम्मेवारीपूर्ण तरिकाले चलाउँछन् दुईपाङ्ग्रे चालकमा पनि लेन मिच्ने, गलत तरिकाबाट ओभरटेक गर्ने, सानो बाटो देख्यो कि छिर्न खोज्ने प्रवृत्ति बढ्दो छ   काठमाडौँ — जडिबुटी पुलनजिक बुधबार बिहान ट्रिपरले एक महिलाको ज्यान लियो । भक्तपुरबाट आएको ना४ख ३५५८ नम्बरको ट्रिपरले बा७०प ९३९९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएर तीन मिटरसम्म घिसारेपछि
Complete Reading

प्रधानमन्त्री केपी ओलीले असार ५ देखि चीनको ६ दिने औपचारिक भ्रमण गर्ने भएका छन् । चार मन्त्रीलगायतलाई लिएर ओलीले गर्ने चीन भ्रमणको तालिका बुधबार नेपाल र चीन दुवैले सार्वजनिक गरेका हुन् । भारत भ्रमणको करिब दुई महिनापछि ओली चीन जान लागेका हुन् । परराष्ट्र मन्त्रालयद्वारा सार्वजनिक तालिकामा भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन,
Complete Reading