सुनसरीको भन्टाबारी नाकाबाट कपडालगायत दैनिक उपभोग्य वस्तु तस्करी हुने गरेको पाइएको छ। भन्सार कर्मचारी र सशस्त्र प्रहरीको मिलेमतोमा तस्करले भारतको वीरपुर हुँदै भन्टाबारी नाकाबाट दैनिक लाखौं राजस्व छलेर विभिन्न सामान नेपाल भित्र्याउने गरेको जनाइएको छ। मोरङको जोगबनी नाकामा कडाइ हुन थालेपछि तस्करले भन्टाबारी नाका प्रयोग गर्न थालेका हुन्। हररिया र वीरपुर जिल्ला हुँदै मोटरबाटो कालोपत्रे
Complete Reading

वीरगन्ज महानगरपालिकाले वृद्धि गरेको करको विरोध गर्दै राजपाले आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। करवृद्धिको विरोधमा वीरगन्ज उद्योग वाणिज्य संघ आइतबारदेखि सडकमा ओर्लिएका बेला राजपाले पनि महानगरपालिकालाई आन्दोलन गर्ने चेतावनी दिएको हो। संघीय समाजवादी फोरमका तर्फबाट विजयकुमार सरावगी वीरगन्जको मेयरमा निर्वाचित भएका थिए। प्रदेश २ को सरकारमा फोरम र राजपा गठबन्धन छ। करवृद्धिको निर्णय नगरवासीको अहितमा
Complete Reading

स्याङ्जाको भीरकोट नगरपालिकामा स्थापित खिलुङकालिका एग्रोफर्मले कुखुराको सुली प्रशोधन गरी विद्युत् र जैविक मल उत्पादन गरेको छ। पुतलीबजार नगरपालिका-४ स्थित नागडाँडामा शाखा उद्योग सञ्चालन गरी दैनिक ३ सय ५० किलोवाट क्षमताको बिजुली र १२ मेट्रिक टन जैविक मल उत्पादन गर्दै आएको छ। उद्योगले जेठदेखि बिजुली उत्पादन गरेको हो भने साउनदेखि मल उत्पादन गर्दै आएको छ।
Complete Reading

 सिन्धुपाल्चोकका गणेशबहादुर खड्का र चमेली खड्काका ११ वर्षीय छोरा निशानको अपहरणपछि हत्यामा संलग्न भनिएका दुईजनाको प्रहरी इन्काउन्टरमा ज्यान गएको छ । आइतवार बेलुका ८ बजे काँडाघारीस्थित चमेलीले सञ्चालन गरेको चिया पसलबाट अपहरण गरी लगिएका बालकको फिरौती बार्गेनिङका क्रममा नै हत्या गरिएको थियो । अपहरणमा संलग्न भनिएका अजय तामाङ र गोपाल तामाङले ठिमीस्थित उनीहरुको कोठामा निशानको हत्या
Complete Reading

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीमाथि योग्यताको प्रश्न उठाउँदै दायर भएको रिट निवेदनलाई सोमबार सर्वोच्च अदालतले खारेज गरिदिएको छ । अख्तियारका कार्यवहाक प्रमुख नवीनकुमार घिमिरे, आयुक्त डा.गणेशराज जोशी र आयुक्त सावित्री गुरुङको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरेको हो । २०७३ मंसिर १ गते दक्षबहाुर क्षेत्रीद्वारा रिट दायर भएको थियो । राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषदसहित
Complete Reading

संघीय संसद् सञ्चालन भएको झन्डै पाँच महिनापछि सोमबारबाट संसदीय समितिहरू क्रियाशील हुने भएका छन्। गत बिहीबार प्रतिनिधिसभाका १० र राष्ट्रियसभाका ४ वटा समिति गठन भएका थिए। प्रतिनिधिसभाका १० वटै समितिको पहिलो बैठक सोमबार बस्दै छ। राष्ट्रियसभातर्फका समिति बैठक पनि पनि सोमबारबाटै सुरु हुँदैछ। समितिहरूको सञ्चालनपछि प्रतिनिधिसभा र राष्ट्रियसभाबाट निर्वाचित भएर आएका सांसदले संसदीय अभ्यासलाई प्रत्यक्ष
Complete Reading

अपर तामाकोसी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) दोलखावासीले काठमाडौंबाट पनि भर्न पाउने भएका छन् । काठमाडौबाट पनि निश्चित अवधि र स्थानबाट सेयर आवेदन संकलन गर्न दिन नेपाल धितोपत्र बोर्ड सहमत भएको छ । बोर्डले आधिकारिक निर्णय गरेर खुला गर्ने सहमति भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले जानकारी दिए । माथिल्लो
Complete Reading

बेइजिङ-चीनको सम्वृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी त्यहाँको सरकार र सरकार मातहतका प्रशासनिक एकाइमा देखिने अनुशासनलाई प्रमुख रूपमा लिन सकिन्छ । यहाँका जनताले आफूले चुनेका जनप्रतिनिधिप्रति देखाउने अटल विश्वास र जनप्रतिनिधिको जनताको समस्या समाधानका लागि देखिने कर्तव्यनिष्ठता सम्वृद्ध चीनको विकासको मार्गरेखा हो । चीनको विकास हेर्दा चीनबारे नेपालमा सुनिने चिनियाँ शासनप्रणालीप्रतिको बुझाइमा व्यापक भिन्नता पाउन सकिन्छ
Complete Reading

नेपाल आयल निगमले सर्वसाधरणलाई सेयर जारी गर्न पनि बाटो खुलेको जनाएको छ । निगमका निमित कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार केही प्रक्रियागत विषय टुंग्याउन बाँकी रहे पनि निगमको शुक्रबार बसेको वार्षिक साधारणसभाले दुई आर्थिक वर्षको सञ्चित मुनाफालाई बोनस सेयरमा परिणत गरेर चुक्ता पुँजी ११ अर्ब पु-याएकोले अब सेयर संरचनामा परिवर्तन गर्न सहयोग पुगेको छ ।
Complete Reading

संसदीय सुनुवाइ समितिका संयोजक लक्ष्मणलाल कर्णले समितिको निर्णय अस्वीकार गर्ने भए संविधान संशोधन गरी समितिलाई हटाउनुपर्ने बताएका छन् । आइतवार राजधानीमा आयोजित साक्षात्कारमा उनले नयाँ संविधानमा संसदीय सुनुवाइ समितिको व्यवस्था रहेकाले समितिले गरेका निर्णय सबै पक्षले स्वीकार गर्नुपर्ने बताए । संविधानमा थुप्रै त्रुटि भएकाले त्यसलाई संशोधन गर्नुपर्ने आवाज आफ्नो पार्टीले लामो समयदेखि उठाउँदै आएको बताउँदै
Complete Reading