राष्ट्रपतिद्वारा संसद्को तेस्रो अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसद्को तेस्रो अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसद्को तेस्रो अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को तेस्रो अधिवेशन आह्वान गरेकी छन् । यही पुस ११ गते अपराह्न ४ बजेका लागि राष्ट्रपति भण्डारीले संसद् अधिवेशन बोलाएकी हुन् ।

राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र मंगलबार संसद् सचिवालयमा दर्ता भएको छ। सचिवालयले संसद् बैठक तयारी सुरु गरिसकेको छ। भोलि (बुधबार) बैठकबारे सूचना जारी गर्ने सचिवालयले जनाएको छ।

संविधानसँग बाझिएका ३ सय ३९ ऐनमध्ये १ सय ७४ वटा संसद्ले परिमार्जन गर्नुपर्नेछ। १ सय ७४ मध्ये पनि ३६ वटा नयाँ कानुन बनाउनुपर्ने संसद् सचिवालयले बताएको छ। सरकारले तत्काल नयाँ विधेयक उपलब्ध नगराए पनि अधिवेशन विजनेसविहीन हुने छैन। गत दोस्रो अधिवेशनमा टुंग्याउन बाँकी ८ विधेयक संसद्‌मा छन्। सरकारले एक सय ६० भन्दा बढी ऐन फागुन २० भित्र बनाइसक्नु पर्नेछ।

संसद्‌को दोस्रो अधिवेशन असोज ११ गते अन्त्य भएको थियो।
-Kantipur

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account