‘अ थाउजन्डगर्ल्स लाइक मी’ उत्कृष्ट फिल्म

‘अ थाउजन्डगर्ल्स लाइक मी’ उत्कृष्ट फिल्म

‘अ थाउजन्डगर्ल्स लाइक मी’ उत्कृष्ट फिल्म

यस वर्षको काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फको प्रथम पुरस्कार सहारा मनीको ‘अ थाउजन्डगर्ल्स लाइक मी’ ले जितेको छ। फिल्मले एक हजार पाँच सय अमेरिकी डलर हात पारेको छ। त्यसैगरी, अरुण भट्टराई र डोरोत्यो जुर्बोको ‘द नेक्स्ट गार्डियन’ दोस्रो हुँदै एक हजार डलर हात पारेको छ भने मिक्लास कल्सटोर्म र मार्टिनी कार्टिनेमको ‘इस्टर्न मेमोरिज’ ले तेस्रो हुँदै पाँच सय जितेको छ। उक्त पुरस्कार मंगलबार राजधानीमा आयोजित किम्फको समापनको अवसरमा प्रदान गरियो।

नेपाल पानोरामा अन्तर्गत आख्यानमा अविनाशविक्रम शाहको ‘तटिनी’ र गैरआख्यान विधामा विद्या चापागाईं र कमल कुमारको ‘मरिसकेको मान्छे’ ले उत्कृष्ट क्रमशः एक लाख र ७५ हजार रुपैयाँ जितेको छ।

किम्फमा प्रदर्शित यस वर्षको उत्कृष्ट पर्वतीय फिल्म मुनमुन धलेरियाको ‘एन अनसर्टेन विन्टर’ हुन सफल भएको छ। उत्कृष्ट फिल्मलाई इसिमोडबाट एक हजार अमेरिकी डलरको नगद पुरस्कार प्रदान गरियो। किम्फमा उत्कृष्ट साहसिक फिल्म प्रसुना डंगोलको ‘डोल्पा डायरी’ ले जितेको छ। जसलार्ई आपा शेर्पा फाउन्डेसनले एक हजार अमेरिकी डलरको नगद पुरस्कार प्रदान गरेको छ भने सेना ग्या¨जको ‘सुपर मङ्क’ ले सबैभन्दा बढी दर्शकको रोजाइमा परी ‘अडियन्स अवार्ड’ पुरस्कारबाट सम्मानित भएको छ। फिल्मले ५० हजार रुपैयाँको राशि जितेको छ।

किम्फका अध्यक्ष वसन्त थापाले महोत्सव सुरु हुँदा कहिले सकिएला जस्तो हुन्छ, सकिने बेलामा रुन मन लाग्छ। तथापि अर्को वर्षको किम्फमा उत्कृष्ट फिल्महरू लिएर आउने वाचासहित विजेतालाई बधाई दिए।

सोह्रौं संस्करणको किम्फ राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा मंसिर २१ देखि २५ गतेसम्म भएको थियो। यस पटक नेपाललगायत ३१ वटा देशहरूका ७० भन्दा बढी फिल्महरू देखाइए। यस पटक किम्फले नेपाली ट्राभलर्ससँग मिलेर ‘ट्राभेल इज एन अल्टिच्युड’ शीर्षकमा ३५ वर्षमुनिका युवाहरूको सर्ट फिल्म प्रतियोगिता गरेको थियो जसमा सुजन गौतमको ‘मी एन्ड माई इन्डेभर’ ले उत्कृष्ट हुँदै २५ हजार रुपैयाँ जितेको छ।
-Annapurna

admin

leave a comment

Create Account



Log In Your Account