अलैंचीको बजार खोज्न सरकारसँग भट्टराईको आग्रह

अलैंचीको बजार खोज्न सरकारसँग भट्टराईको आग्रह

प्रतिनिधिसभा सदस्य योगश भट्टराईले नेपालमा उत्पादित अलैंचीको बजार खोज्न सरकारलाई आग्रह गरेका छन् । बुधबार संसद्‍ बैठकमा विशेष समय लिएर उनले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा यो विषयलाई प्राथमिकताका साथ समेट्नुपर्ने माग गरेका हुन् ।

ताप्लेजुङ लगायत देशका ४७ जिल्लामा उत्पादित अलैंचीको उत्पादन र मूल्य घटिरहेका बेला यसमा सरकार गम्भीर हुनुपर्ने भट्टराईको माग छ। तथ्यांकसहित प्रस्तुत भएका भट्टराईले बंगलादेशलाई नेपालको अलैंची निर्यातमा भन्सार छुटका लागि पहल गर्न आग्रह गरे। १ सय ८ वटा वस्तुमा भन्सार छुट दिइरहेको बंगलादेशले अलैंचीमा पनि छुट दिए नेपाली किसानलाई राहत हुने उनको दाबी छ।
प्रतिमन (४० किलो) १ लाख २० हजारसम्म पुगेको मूल्य ३० हजारमा झरेको, सन् २००७ मा १० हजार टन भएको अलैंची गतवर्ष ५ हजार ५ सयमात्रै उत्पादन भएको नेपालमा एक प्रतिशत मात्रै खपत हुने बाँकी शत् प्रतिशत भारत निर्यात हुने यसमा एक लाख किसान सहभागी रहेको उल्लेख गरिएको छ।
नेपालको वैदेशिक व्यापार घाटा डरलाग्दो अवस्थामा रहेकाले त्यसलाई सन्तुलन गर्न अलैंची माध्यम बन्न सक्नेमा भट्टराईले सरकारको ध्यानाकर्षण गराएका छन्। १० अर्ब बराबरको अलैंची १४ हजार ८ सय ७५ हेक्टरमा लगाइएको छ। यसको प्रवर्द्धनका लागि अलैंची विकास बोर्ड गठन गर्न र ५० प्रतिशत उत्पादन गर्ने ताप्लेजुङलाई ‘अलैंची सुपर जोन’ घोषणा गर्न पनि भट्टराईले माग गरेका छन्।
नेपालको अलैंचीबाट अहिलेसम्म भारतीय ब्यापारीले मात्रै अधिक लाभ लिएको दाबी भट्टराईको छ। चीन हुँदै खाडी राष्ट्र पुर्‍याउन सके नेपाली किसानले राम्रो मूल्य पाउने दाबी उनको छ। नेपाल, भारत र भुटानमा उत्पादन हुने अलैंची भारतबाट पाकिस्तान र खाडी राष्ट्र निर्यात हुने गरेको छ। १० बुँदे लिखित प्रस्ताव पढेका भट्टराईलाई सभामुखले ३ मिनेट समय दिएका थिए।

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account