‘तिमीबाट टाढा हुँदा’ सार्वजनिक

‘तिमीबाट टाढा हुँदा’ सार्वजनिक

‘तिमीबाट टाढा हुँदा’ सार्वजनिक

गीतकार सन्तोषजंग थापाले ‘तिमीबाट टाढा हुँदा’ गीतको भिडियो दर्शकमाझ ल्याएका छन्।

फिल्मशालाले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रदेश ३ का सांसद शान्तिप्रसाद पौडेलले भीसीडी सार्वजनिक गरे। कार्यक्रममा म्युजिक भिडियो पनि प्रदर्शन गरियो। आसिक राईले निर्देशन गरेको भिडियोमा गीतकार थापा, शान्तिमाया तामाङ लगायतले अभिनय गरेका छन्। गीतमा प्रकाश चुनाराले संगीत र स्वर दिएका छन्।

रामेछाप गोठगाउँका थापाले परिवारबाट टाढिँदा गीतकार बनेको अनुभव सुनाए। सांसद पौडेल, फिल्मशालाका अध्यक्ष  श्रीहरि  श्रेष्ठ लगायतले गीत कर्णप्रिय भएको बताए।

-Annapurna

admin

leave a comment

Create Account



Log In Your Account