रक्षामन्त्रीको गुनासो : राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले खेदे

रक्षामन्त्रीको गुनासो : राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले खेदे

रक्षामन्त्रीको गुनासो : राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले खेदे

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सञ्चार क्षेत्र संवेदनशील बन्नुपर्ने बताएका छन् । कलेज अफ मास कम्युनिकेसन एण्ड जर्नालिजम बूढानीलकण्ठको ‘आदिम मिडिया हाउस’ उद्घाटन कार्यक्रममा पोखरेलले पत्रकारिता क्षेत्र अनुसन्धानमुलक भन्दा सतही भएको गुनासो गरे ।

रास्ट्रपति-उपराष्ट्रपतिको गाडी खरिद प्रकरणतर्फ संकेत गर्दै पोखरेलले प्रचारमुखी भन्दा तथ्यमुखी समाचार लेख्न पत्रकारिता क्षेत्रको गरिमा बढ्ने बताए ।

बिमस्टेक बैठकका बेला एउटा गतिलो गाडी किन्न नसकेको भन्दै आलोचना गर्ने मिडियाले गाडी खरिदको पुरानो प्रक्रिया अगाडी बढाउँदा आलोचना गरेको भन्दै दुखेसो पोखे ।

सञ्चारमाध्यमबारे नै बोल्न अधिकांश समय खर्चिएका उनले सञ्चार क्षेत्रलाई धेरै विस्वास गरेको बताउँदै त्यसलाई जोगाउन सञ्चार क्षेत्र संवेदनशील बन्नुपर्ने जिकिर गरे । ‘आग्रह वा पूर्वाग्रह राखेर समाचार लेख्नु पत्रकारिता होइन’, पोखरेलले भने ।

देशबाट प्रतिभा र श्रम पलायनको अवस्था डरलाग्दो रहेको भन्दै उनले नेपालको शिक्षा प्रणालीमा आमुल परिवर्तन नगरे यो समाधान नहुने बताए । आमसञ्चार विषयको पठनपाठन गर्दै आएको कलेजको भवन उद्घाटन गर्दै उनले नेपालमा प्राविधिक शिक्षालय स्थापनाको पहल सरकारले गरेको पनि जानकारी दिए ।

-Annapurna

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account