१५ सय मेगावाट बिजुलीका लागि दर्ता

१५ सय मेगावाट बिजुलीका लागि दर्ता

करिब १५ सय मेगावाट विद्युत् उत्पादनका लागी ताप्लेजुङ भएर बग्ने नदीहरू ऊर्जा मन्त्रालयमा दर्ता भएका छन । पाँचदेखि चार सय १५ मेगावाट उत्पादनका लागि प्रस्ताव गरिएको छ । यीमध्ये अहिलेसम्म एउटा आयोजना मात्रै सम्पन्न भएको छ ।

सिवानी हाइड्रोपावर कम्पनीले फावाखोलावाट पाँच मेगावाट विद्युत् उत्पादन गरेको हो । फावाखोला हाइड्रोपावर कम्पनीले उत्पादन गरेको विद्युत् परीक्षण भइसकेको छ भने राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । यो पाथीभरा याङवरक गाउँपालिकाको डुम्रिसे र थेचम्वुमा निर्माण भएको छ । अधिकांश संरचना थेचम्वुमा छ ।

फावाखोलाबाटै युुनाइटेड हाइड्रोपावर प्रालिले पाँच मेगावाटको प्रस्ताव गरेको छ । पाथीभरा याङवरक गाउँपालिकाको तिरिङगे र सिंकैचालाई प्रभावित क्षेत्र पारेर विद्युत् उत्पादन प्रस्ताव गरिएको छ । ऊर्जा मन्त्रालयमा दर्ता भएकामध्ये सबैभन्दा ठूलो आयोजनाको रूपमा चार सय १५ मेगावाटको अपर तमोर जलविद्युत् आयोजना रहेको छ । यो तमोर सानीमा इनर्जी प्रालिले प्रस्ताव गरेको आयोजना हो ।

२०६८ मंसिर २९ गते प्रारम्भिक सर्वेक्षणको अनुमति मागेको कम्पनीले प्रारभिम्क चरणको सार्वजनिक सुनुवाइ फक्तालुङ गाउँपालिकाको तापेथोक बगर र सिंवा वजारमा यसअघि नै गरेको छ । फक्तालुङ गाउँपालिकाका तापेथोक, सावादिन, खेजेनिम, लिंखिम यसको प्रभावित क्षेत्रमा पर्छन् । यो कम्पनिले ७४ मेगावाटको मध्यतमोर जलविद्युत् आयोजना निर्माणको काम सुरु गरिसकेको छ ।

५४ मेगावाटबाट बढाएर ७४ बनाइएको आयोजना निर्माणको काम यसै वर्षबाट सुरु भएको हो । पूर्वाधार निर्माणअन्तर्गत सडक बनाउने, पुल बनाउने काम सुरु भएको प्रवन्धक मनीराज पोख्रेलले बताए । फक्तालुङ गाउपालिका १ सावादिनबाट सुरु हुनेआयोजना सुरुङ मार्गमार्फत मिक्वाखोला १ खोक्लिङ थुम्वाको पावरहाउसमा झार्ने योजना रहेको छ । जग्गा खरिद गर्ने लगायतका प्रक्रिया पूरा भएको आयोजनाले जनाएको छ ।

तमोर नदीबाट मात्रै सात सय ८९ मेगावाटको प्रस्ताव गरिएको छ । फक्तालुङ ७ ओलाङचुङगोला प्रभावित क्षेत्र हुनेगरी ७२ मेगावाटको प्रस्ताव गरिएको छ । अपर तमोर ए जलविद्युत आयोजनाअन्तर्गत युनियन हाइड्रोपावर लिमिटेड ललितपुरले प्रस्ताव गरेको हो । रिभर साइड हाइड्रोइनर्जी प्रालिले तमोरखोला ५ प्रस्ताव गरेको छ । ४० मेगावाट उत्पादन हुने यसको प्रभावित क्षेत्र फक्तालुङ गाउँपालिका ६ लेलेप मात्रै हुनेछ । लेलेपनै प्रभावित क्षेत्र हुनेगरी अपर तमोर हाइड्रोपावर प्रालिले ३२.५ मेगावाटको प्रस्ताव गरेको छ । ओलाङचुङगोला र लेलेप प्रभावीत क्षेत्र हुनेगरी १ सय ५५ मेगावाटको सुपर तमोर जलविद्युत् आयोजनाको प्रस्ताव गरिएको छ । क्रिस्टल पावर डेभलवमेन्ट प्रालिले प्रस्ताव गरेको हो ।

तमोर नदीसँग संयुक्त आयोजनाका रूपमा घुन्सा तमोर जलविद्युत आयोजना प्रस्ताव गरिएको छ । ४३ मेगावाटबाटको यो आयोजना ब्लुस्टार होटल कम्प्लेक्स थापाथली काठमाडौंले प्रस्ताव गरेको हो । उसले फक्तालुङ ६ लेलेपमै संरचना बन्ने गरी प्रस्ताव गरेको छ । मिक्वाखोला १ र २ को खोक्लिङ र फुङलिङ नगरपालिका १, २, ३, र ७ नम्बर वडामा संरचना बन्ने गरी १ सय २८ मेगावाटको तमोर मेवा जलविद्यत् आयोजना प्रस्ताव गरिएको छ । स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गर्ने यो आयोजनाको अघिल्लो महिना मात्रै प्रभावित क्षेत्रका बासिन्दासँग अन्तिम सार्वजनिक सुनुवाइ गरेको छ । स्पार्कका अध्यक्ष भानेन्द्र लिम्बूका अनुसार आगामी हिउँददेखि निर्माण सुरु गर्ने तयारी भएको छ ।

तमोर नदीमा मिसिने मेवाखोलामा उत्पादनका लागि अपर मेवाखोला ए २८, मिडिल मेवा ४९, मेवाखोला ५०, मेवाखोला ए २३ र अपर मेवा १५.५ प्रस्ताव गरिएको छ । मिक्वाखोला गाउँपालिकामा पर्ने साँवा र पापुङ प्रभावित क्षेत्र रहनेगरी सूर्य होल्डिङ कम्पनी, मिक्वाखोला र मैवाखोला गाउँपालिकाका लिवाङ, साँवा, नाल्वु, पापुङ र थुकिम्वा प्रभावित क्षेत्र हुनेगरी मेवा डेभलभमेन्ट कम्पनीले मिडिल मेवा प्रस्ताव गरेका हुन् । यस्तै मिक्वाखोला र मेरिङदेन गाउँपालिकाका खाम्लुङ, खोक्लिङ, लिङतेप, लिवाङ र थुकिम्वा प्रभावित क्षेत्र हुनेगरी मेवाखोला हाइड्रोपावर प्रोजेक्टले प्रस्ताव गरेको छ । मिक्वाखोलाको पापुङमा युनियन मेवा हाइड्रोले प्रस्ताव गरेको छ भने मैवाखोला र मेरिङदेन गाउँपालिकाको फाकुम्वा, साँघु, ढुङगेसाँघु र थिङलावु प्रभावीत क्षेत्र हुनेगरी जयकुमार लिम्बूले प्रस्ताव गरेका छन् ।

खेवाङ, मामांखे र याम्फुदिन प्रभावित क्षेत्र हुनेगरी युनियन हाइड्रोइनर्जी प्रालिले सुपर कावेली प्रस्ताव गरेको हो । खेवाङ, मामांखे, पेदाङ, मेहेले र तेल्लोक प्रभावित हुनेगरी कावेली हाइड्रोपावर कम्पनीले कावेली तीन, बिश्वबैंकको सहयोगमा वुटवल पावर कम्पनी समेतले कावेली ए र सिदिङवा र सिरिजंघा गाउँपालिका अन्तर्गत साब्लाखु, सिनाम र थुम्वेदिन प्रभावित क्षेत्र हुनेगरी अपर कावेली प्रस्ताव गरिएको छ ।

स्रोत-कान्तिपुर

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account