भक्तराजलाई क्यानडामा सम्मान

भक्तराजलाई क्यानडामा सम्मान

भक्तराजलाई क्यानडामा सम्मान

बरिष्ठ गायक, सङ्गीतकार तथा भजन शिरोमणी भक्तराज आचार्यलाई क्यानडामा एक कार्यक्रमकाबीच अभिनन्दन गरिएको छ । अल्बर्टा राज्यको प्रान्तिय राजधानी एडमन्टनमा आयोजित भक्तराज सम्मान तथा सत्य–स्वरुप सङ्गीत साँझ नामक कार्यक्रममा उनलाई अभिनन्दन तथा सम्मान गरिएको हो ।

अभिनन्दन पत्र र नगद सहित सम्मान 

भक्तराज आचार्यको अनुपस्थितीमा भएको सो कार्यक्रममा अभिनन्दन पत्र र नगद सहित उनलाई सम्मान गरिएको छ । उनलाई क्यानेडियन डलर पाँच सय एक सहित सम्मान गरिएको हो । अभिनन्दन पत्र र नगद रकम ईश्वर खत्री र राजेन्द्र सुवेदीले संयुक्त रुपमा उनका पुत्रद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई हस्तान्तरण गरेका थिए ।

सोही अवसरमा सत्य र स्वरुपराज आचार्यलाई समेत नेपाली गीत सङ्गीतको क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै दोसल्ला र कदर पत्र मार्फत सम्मान गरिएको थियो ।

सोहीे कार्यक्रममा भक्तराज आचार्यले नेपाली गीत सङ्गीतको क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनकै गीत जहाँछन् बुद्धका आँखा… इश्वर खत्रीले र मुटु जलिरहेछ …. राजेन्द्र सुवेदीले गाएर सम्मान प्रकट गरेका थिए ।

सत्यराज आचार्यले पनि आफ्ना बुबालाई स्मरण गर्दै बुबाकै दुई वटा कालजयी गीतहरू प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा अर्जुन रसाइलीले आफ्नै गीत प्रस्तुत गरेका थिए भने सत्य र स्वरुपले एकल तथा संयुक्त रुपमा आफ्ना लोकप्रिय गीतसमेत गाएका थिए ।

स्थानीय संस्था सङ्गीत मझेरीको आयोजनामा भएको सो कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति रहेको थियो । सङ्गीत मझेरीको अध्यक्षमा इश्वर खत्री र उपाध्यक्ष राजेन्द्र सुवेदी रहेका छन् ।

अन्य सदस्यहरुमा विष्णु ज्ञवाली, अर्जुन रसाइली, रेवती गैरापिप्ली, रामबाबु पौडेल, मात्रिका गौतम, उमानाथ गैरे, निर भिम र सुरज खतिवडा रहेका छन् ।

-Naya Patrika

admin

leave a comment

Create Account



Log In Your Account