नेपाली उत्पादनलाई युन्नानमा नि:शुल्क प्रदर्शनी कक्ष

नेपाली उत्पादनलाई युन्नानमा नि:शुल्क प्रदर्शनी कक्ष

नेपाली उत्पादनलाई युन्नानमा नि:शुल्क प्रदर्शनी कक्ष

चीनको दक्षिणपश्चिममा पर्ने युन्नान प्रान्तले नेपाली उत्पादनलाई आगामी तीन  वर्षका लागि नि:शुल्क प्रदर्शनी कक्ष उपलब्ध गराउने भएको छ । यस सम्बन्धी मंगलबार शाङहाईमा दुई पक्षीय सम्झौता भएको हो ।

सोमबार शाङहाईमा सुरु भएको चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको दोस्रो दिन सोही एक्स्पोको साइड लाइन अन्तर्गत युन्नान प्रान्तीय सरकारले आयोजना गरेको दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाबाट आयातीत सामग्री प्रदर्शनी तथा व्यापार केन्द्रसम्बन्धी कार्यक्रममा नेपालको व्यापार तथा प्रव‍र्द्धन केन्द्र र युन्नान प्रान्तबीचमा आगामी तीन वर्षसम्म नेपाली उत्पादनलाई युन्नानमा नि:शुल्क प्रदर्शनी गर्ने सम्झौता भएको चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले कान्तिपुरलाई बताए ।

युन्नान प्रान्तले एकदसकदेखि खुन्मिङमा आयात निर्यात मेलाको आयोजना गर्दै आएको छ । सन् २०१३ देखि यो आयात निर्यात मेलालाई चीनले दक्षिण एसिया एक्स्पोको नाम दिएको छ । सो एस्क्पोमा नेपाल नियमित रुपमा सहभागी हुँदै आएको छ ।
नेपालका मन्त्रीदेखि उपराष्ट्रपतिसम्म विशेष पाहुनाका रुपमा सहभागी रहँदै आएको उक्त एक्स्पोमा चीनले पनि नेपाललाई विशेष सुबिधा उपलब्ध गराउँदै आएको छ । खुन्मिङमा सन् २०१५ मा आयोजित एक्स्पोको समापन पत्रकार सम्मेलनमा युन्नान प्रान्तले भूकम्प प्रभावित नेपाली महिलाका हस्तकलाका सामान चीनले किनिदिएर सहयोग गर्ने घोषणा गरेको थियो । यस सम्बन्धमा नेपालले चासो नदेखाउँदा कार्यान्वयन हुन सकेन ।

हरेक एक्स्पोमा नेपालका लागि निश्चित संख्यामा स्टल उपलब्ध गराउँदै आएको युन्नान प्रान्तले आगामी तीन वर्षसम्म युन्नान प्रान्तभित्र आयोजना हुने जुनसुकै प्रदर्शनीमा नेपाली उत्पादनका लागि नि:शुल्क प्रदर्शनी कक्ष उपलब्ध गराउने सहमति भएको हो । यस बारेमा विस्तृत रुपमा सम्झौता भने आगामी केही महिनापछि हुने राजदूत पौडेलले बताए ।

Image result for yunnan china travel
Image result for yunnan china

उक्त गोष्ठीलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरेले नेपाली उत्पादनलाई चीनमा प्रोत्साहन गरेकोमा युन्नान प्रान्तीय सरकार र चीन सरकारको प्रशंसा गरे ।

यस प्रकारको सुबिधाले नेपाली उद्योगी व्यवसायीहरुलाई उत्साह थप्ने भन्दै नेपालले भोग्दै आएको व्यापार घाटा पनि कम हुने सचिव घिमिरेले औँल्याए । सो कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव तथा चीनका लागि नेपाली राजदूत लगायत नेपाली प्रतिनिधिहरु सहभागी भएका थिए । कार्यक्रममा दक्षिण एसियाका प्राय देशका सरकारी र निजी क्षेत्रका उच्च अधिकारीहरु संलग्न थिए ।
-Kantipur

admin

leave a comment

Create Account



Log In Your Account