नेपथ्य गुन्जियो सिक्किममा

नेपथ्य गुन्जियो सिक्किममा

नेपथ्य गुन्जियो सिक्किममा

नेपथ्यले सिक्किम उत्सवमा प्रस्तुति दिएको छ  । दक्षिण सिक्किमको राबाङलामा आयोजित ‘राबाङ छो जो फेस्ट’ मा नेपाली लोकरक ब्यान्डले केही नयाँ र केही पुराना लोकप्रिय गीतहरू सुनायो  ।

छो जो तालछेउ आयोजित कन्सर्टमा सयौँ दर्शकश्रोताले नेपथ्यलाई सुने ।

‘कुरुप अनुहार हो,’ ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो,’ ‘मै मरी जाउँला,’ ‘आँगनैभरि हिउँ,’ ‘शिरफूल शिरैमा,’ ‘लामपाते सुरती’, ‘चरी मर्‍यो’ सुनुन्जेल दर्शकदीर्घा उल्लसित भइसकेको विज्ञप्तिमा छ । ‘जोमसोमे बजारमा’ गाइरहेको बेला गायक अमृत गुरुङले अघिल्लो दिनको अनुभव सुनाएका थिए । ‘हिजो केही स्थानीय बासिन्दाले मुस्ताङ घुम्ने इच्छा सुनाइरहनुभएको थियो,’ उनले नेपाल चिनाउँदै थपे, ‘त्यो ठाउँ पुग्न यस गीतमा भनिएको मेरो घर अर्थात् पोखराकै बाटो जानुपर्छ ।

कन्सर्टको उत्तराद्र्धमा ‘कोसीको पानी…’, ‘रेशम…’, ‘हिमाल चुचुरे…’ र ‘मै नाचेँ छमछमी…’ जस्ता गीतहरू प्रस्तुत हुँदा भिक्षु पोसाकमै उपस्थित दर्जनौं युवा पनि नाचिरहेका देखिन्थे । बिदाई गीत ‘तालको पानी…’ सकिए पनि दर्शकश्रोताको वान्समोरले स्टेज छोड्न दिएन ।

चारदिने उत्सवको समापन मंगलबार राति नेपथ्यको कन्सर्टबाटै भएको थियो । सदाझैं सिक्किममा पनि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

-Kantipur

admin

leave a comment

Create Account



Log In Your Account