६० हजार घुससहित सहायक वन अधिकृत पक्राउ

६० हजार घुससहित सहायक वन अधिकृत पक्राउ

६० हजार घुससहित सहायक वन अधिकृत पक्राउ

उदयपुरका एकजना सहायक वन अधिकृत ६० हजार घुससहित आइतबार रङ्गेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीको टोलीले सव–डिभिजन कार्यालय नेपालटारका प्रमुख सहायक वन अधिकृत सत्यनारायण साह (रौनीयार)लाई सम्र्पक कार्यालयबाट घुससहित पक्राउ गरेको हो ।

डिभिजन वन कार्यालय त्रिवेणी कटारी मातहतको कार्यालय नेपालटारका प्रमुख रहेका साहलाई कार्यक्षेत्र भित्रका एक सेवाग्राहीलाई खाटगद्धीमा राखिएको काठको सेटिङ मिलाइदिने भन्दै सदरमुकाम गाइघाटस्थित सम्र्पक कार्यालयमा रकम लिदै गरेको अवस्थामा टोलीले पक्राउ गरेको हो ।

कार्य क्षेत्र भित्रका आधा दर्जन सामुदायिक वनका विक्रीका लागि घाटगद्धीमा राखिएका काठको प्रकृया मिलाइदिने भन्दै प्रत्येकसँग रकम माग गर्ने उनी पक्राउ परेका हुन् ।

उनलाई पहिलो सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका हुन् । सेवाग्राहीले सबै पकृया पुरा गरेको काठ बाहिर लैजाने तयारी गर्दा पैसा नदिएसम्म लैजान नदिने भन्दै साहले अवरोध गरेको बताएका छन् ।

पक्राउ परेका साहले आफुले घुस नलिएको बताए । ‘मैले काष्ठ व्यवसायीसँग सापटी मागेको थिएँ, पैसा लिएर गोजीमा राख्नसाथ टोलीले समात्यो’, उनले भने । तर सेवाग्राहीले भने सापटी नभई घुस मागेको दाबी गरेका छन् । उनले टेलिफोन गरेर सम्र्पक कार्यालयमा बोलाएको बताए ।

-Annapurna

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account