सन्नी लियोन अब नेपाली फिल्ममा

सन्नी लियोन अब नेपाली फिल्ममा

सन्नी लियोन अब नेपाली फिल्ममा

बलिउड अभिनेत्री सन्नी लियोनले अब नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् ।

‘पासवर्ड’ नामको नेपाली फिल्ममा सन्नीले आफ्नो ‘डान्स पर्फमेन्स’ गर्ने भएकी हुन् । छोटो दृश्य मात्रै भए पनि नेपाली फिल्मका लागि सन्नी लियोनको यो पहिलो अभिनय हुने छ ।

सन्नीले हालै आफ्नो ट्वीटरमार्फत पनि आफू नेपाली फिल्ममा ‘डान्स पर्फमेन्स’ गर्न पाएकोमा खुसी अनुभुत गरेको बताएकी छन् । ‘एबी ईन्टरनेश्नल’को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको सूटिङ बेलायतमा हुने बताइएको छ ।

बलिउडमा प्रभावशाली भुमिका नपाइरहँदा सन्नीले नेपाली चलचित्रमा अभिनय गर्ने भएकी हुन् । उनी यसअघि पनि काठमाडौंमा आएर आफ्नो प्रस्तुती दिइसकेकी छन् ।

सन्नी लियाेनले ट्वीटरमा फिल्ममा अभिनय गर्न पाएकाेमा खुसी लागेकाे भन्दै यस्ताे लेखेकी छन् :

 

-Annapurna

admin

leave a comment

Create Account



Log In Your Account