अमृत खातीको तिहार कोसेली ‘हजुरको आँगनीमा’

अमृत खातीको तिहार कोसेली ‘हजुरको आँगनीमा’

अमृत खातीको तिहार कोसेली ‘हजुरको आँगनीमा’

गायक अमृत खातीले चर्चित गायक–गायिकासँगको सहकार्यमा ‘हजुरको आँगनीमा’ बोलको तिहार गीतको म्युजिक भिडियो युट्युबमार्फत सर्वजनिक गरेका छन् ।  पूर्ण मनोरञ्जनात्मक यस गीतले परम्परागत चाडपर्वका बारेमा सन्देश प्रवाह गरेको छ । खातीसहित चर्चित गायक–गायिका उमा श्रेष्ठ, डिबी लोप्चन, भीमसेन खतिवडा, स्मृति गौतम, बिन्दा परियारले गीतमा स्वर भरेका छन् । संगीत र शब्द भने माधव प्रधानको छ ।


माधव प्रधान, सिर्जना खनाल, सञ्जीव ठकुरी, टीका जैसी, प्रियंका नेपाली र कुमार सुनेलको अभिनय रहेको उक्त भिडियोमा नेरिक एकेडमीका विद्यार्थीहरूको नृत्य समावेश छ । भिडियोको
निर्देशन विक्रम चौहानले गरेका हुन् । प्रकाश खड्काले भिडियो छायांकन र मिलन विकले सम्पादन गरेका छन् । यस गीतलाई गोरखा चौतारी म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

-Naya Patrika

admin

leave a comment

Create Account



Log In Your Account