ट्रम्पको घोषणाबाट नयाँ परमाणु दौडको सुरुवात

ट्रम्पको घोषणाबाट नयाँ परमाणु दौडको सुरुवात

ट्रम्पको घोषणाबाट नयाँ परमाणु दौडको सुरुवात

३० वर्षअघि तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र मैले मध्यम र छोटो दूरीका मिसाइलको निःशस्त्रीकरणका लागि वासिङटनमा सोभियत संघ र अमेरिकाबीचको सम्झौतामा हस्ताक्षर गरेका थियौँ । इतिहासमै पहिलोपटक दुई फरक वर्गका परमाणु हतियार उत्पादन रोक्ने र भएका हतियार नष्ट गर्ने सम्झौता रेगन र मबीच भएको थियो । परमाणु हतियारको प्रयोग र खतरा रोक्ने यो पहिलो कदम थियो ।

यसपछि सन् १९९१ मा सोभियत संघ र अमेरिकाबीच रणनीतिक हतियार न्यूनीकरण सम्झौता (स्टार्ट) भयो । यस सम्झौतामा अमेरिकाको तर्फबाट राष्ट्रपति जर्ज एच डब्ल्यु बुसले हस्ताक्षर गरेका थिए । रणनीतिक परमाणु हतियारको व्यापक कटौती गर्ने सम्झौता हामीबीच भएको थियोजसलाई ०१० मा रुस र अमेरिकाबीच भएको नयाँ रणनीतिक हतियार न्यूनीकरण सम्झौता (आइएनएफ) ले प्रतिस्थापन ग-यो । तर,रेगन र मैले हस्ताक्षर गरेको परमाणु अप्रसार सम्झौताबाट अमेरिका बाहिरिने योजनाको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् । विश्व मामिलाको सैन्यीकरण गर्ने अमेरिकाको पछिल्लो सिकार यो सम्झौता बनेको छ ।

अमेरिकी गुटराष्ट्रबाट ट्रम्पको घोषणा अस्वीकार, सुरक्षा परिषद्का सदस्यको जिम्मेवार कदम र रुसको दृढ तर सन्तुलित अडान आवश्यक

विश्वमा अझै पनि ठूलो संख्यामा परमाणु हतियार छन् । तरशीतयुद्धकालमा भएका हतियारको तुलनामा अहिले रुस र अमेरिकासँग भएका परमाणु हतियारको संख्या धेरै कम हो । सन् ०१५ मा भएको परमाणु अप्रसार समीक्षा सम्मेलनका दौरान शीतयुद्धकालमा भएका ८५ प्रतिशत परमाणु हतियार निःशस्त्रीकरण गरिएको जानकारी रुस र अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई गराएका थिए । तरअमेरिका र रुसले हासिल गरेको यो उल्लेखनीय सफलता आज खतरामा परेको छ । ट्रम्पले हालै मात्र रुससँगको मध्यम दूरीका परमाणु हतियारको उत्पादन तथा प्रयोग रोक्ने सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरे । ट्रम्पको घोषणाले परमाणु हतियारको विकास गर्ने अमेरिकाको आशयलाई स्पष्ट संकेत गरेको छ ।

परमाणु हतियारको उत्पादन र प्रयोग रोक्न गरेको अथाह प्रयासको अवसानलाई हेर्नुपर्दा तपार्इंलाई दुःखी बनाएको छ कि छैन भनी यतिवेला मलाई प्रश्नहरू सोधिँदै छन् । म भन्छुयो व्यक्तिगत मुद्दा होइन । यसले अन्य धेरै पक्षलाई खतरामा पारेको छ । ट्रम्पको निर्णयले नयाँ हतियार दौडको घोषणा भएको छ । विश्व मामिलालाई सैन्यीकरण गर्ने कदमको पहिलो सिकार नै आइएनएफ सम्झौता भने होइन । सन् २००२ मा ब्यालेस्टिक मिसाइलविरुद्धको सम्झौताबाट अमेरिकाले हात झिक्यो । यो वर्ष इरान परमाणु सम्झौताबाट अमेरिका अलग्गिएको छ । अमेरिकाको सैन्य खर्चको तह अन्तरिक्षको उचाइमा पुगिसकेको छ भने खर्च झन्झन् बढ्दो छ ।

आइएनएफ सम्झौताबाट बाहिरिने बाहनामा रुसले सम्झौताका केही व्यवस्था उल्लंघन गरेको आरोप ट्रम्पले लगाएका छन् । अमेरिकाले रुसमाथि शंकाको आँखाले हेरेझैँ रुसले पनि अमेरिकालाई त्यसरी नै हेरिरहेको थियो । यस मुद्दामाथि वार्ताको टेबलमा बसेर आपसी समाधान खोज्न रुसले अमेरिकासमक्ष प्रस्ताव गरेको थियो । तरविगतका केही वर्षयता अमेरिकाले रुसको यस्तो प्रस्ताव अस्वीकार गर्दै आएको थियो । अमेरिकाले प्रस्ताव अस्वीकार गर्नुको कारण अहिले छर्लंग भएको छ ।

पर्याप्त राजनीतिक इच्छाशक्ति हुने हो भने विद्यमान सम्झौतामा रहेका कुनै पनि समस्या सुल्झाउन सकिन्छ । तरविगतका दुई वर्षलाई हेर्दा अमेरिकी राष्ट्रपतिको दिमागमा निकै भिन्न उद्देश्य मडारिएको बुझाइ हाम्रो छ । सबै जिम्मेवारी र सबै बाध्यकारी व्यवस्थाबाट अमेरिकालाई मुक्त गर्नु नै ट्रम्पको उद्देश्य होपरमाणु मिसाइल सम्झौताबाट मात्र होइन । दोस्रो विश्वयुद्धपश्चात शान्तिसुरक्षाको जग बनेका अन्तर्राष्ट्रिय सन्धिसम्झौताका सम्पूर्ण प्रणाली ध्वस्त गर्ने कदम अमेरिकाले गरेको छ ।

व्यवस्थाविनाको छाडातन्त्रबाट लाभको अपेक्षा गर्नेहरू गलत हुन् भन्नेमा म अझै पनि विश्वस्त छु । सबै मानवविरुद्ध सबै मानव सम्मिलित हुने युद्धमा कोही पनि विजेता हुन सक्दैन । यस्तो परमाणु युद्ध रोक्न नसकिने सम्भावना छ । निर्दयी हतियार दौडअन्तर्राष्ट्रिय तनावशत्रुता र विश्वव्यापी अविश्वास बढ्दै जाँदा यस्तो युद्धको खतरा पनि बढ्दै जानेछ ।

अझै पनि वार्ता र संवादमा फर्कन धेरै ढिला भएको हो र म आस गुमाउन चाहन्न । रुसले दृढ तर सन्तुलित अडान लिने अपेक्षा मेरो छ । नयाँ अमेरिकी मिसाइलका लागि आफूहरू लन्चप्याड’ बन्न अमेरिकी गुट राष्ट्रले अस्वीकार गर्नेछन् भन्ने मेरो विश्वास छ । संयुक्त राष्ट्रसंघ र विशेषतः राष्ट्रसंघको घोषणापत्रमार्फत अन्तर्राष्ट्रिय शान्तिसुरक्षा कायम राख्ने जिम्मेवारी पाएको राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्यले जिम्मेवार कदम चाल्नेछन् भन्ने मेरो अपेक्षा छ । शान्तिमाथि भयावह खतरा देखिएको वर्तमान स्थितिमा पनि हामी बेसहारा अनि लाचार भएका छैनौँ । कुनै पनि हालतमा हामीले आफ्नो विश्वास त्याग्नुहुन्नहामीले आत्मसमर्पण गर्नु हुन्न ।

मिखाइल गोर्बाचेभ तत्कालीन सोभियत संघका पूर्वराष्ट्रपति हुन् ।

“via The New York Times”
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account