इटलीमा मलाइकाको जन्मदिन

इटलीमा मलाइकाको जन्मदिन

इटलीमा मलाइकाको जन्मदिन

बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोडाले ४५औँ जन्म दिन मनाएकी छिन् । ‘आइटम डान्सर’का रूपमा स्थापित मलाइकाले २३ अक्टोबरमा परेको आफ्नो जन्मदिन इटलीमा मनाएकी हुन् ।

उमेरले ४५ वसन्त पार गरिसकेकी उनी एक बच्चाकी आमा हुन् । यो उमेरमा पनि मलाइकाले आफूलाई सधैँ ‘फिट’ राख्ने गरेकी छिन् । उनी आफूलाई फिट राख्न जिम र योगामा धेरैजसो समय दिने गर्छिन् ।

पछिल्लो समय मलाइकाले आफ्नै योग सेन्टर ‘दिवा योगा’ खोलेकी छिन् । मलाइका मलयाली आमा र पन्जाबी पिताकी सन्तान हुन् । बलिउड अभिनेता अरबाज खानकी पूर्वपत्नी मलाइकाको नाम पछिल्लो समय अर्जुन कपुरसँग जोडिने गरेको छ ।

-नयाँ पत्रिका

admin

leave a comment

Create Account



Log In Your Account