मालपोत र नापीका कर्मचारीले शिर झुकाउने काम गरे : अर्याल

मालपोत र नापीका कर्मचारीले शिर झुकाउने काम गरे : अर्याल

मालपोत र नापीका कर्मचारीले शिर झुकाउने काम गरे : अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमितता आरोपमा पक्राउ पर्दा आफ्नो शिर झुकेको गुनासो गरेकी छन् ।

भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्याल

ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फारामको शुभारम्भ गर्दै उनले राष्ट्रसेवक कर्मचारीले सर्वसाधारणमा धुमलिएको छवि स्वस्थ्य बनाउनुपर्ने बताइन्। मालपोत कार्यालयहरुमा प्रयोग हुँदै आएका लिखत तथा फारामहरुलाई सलरीकरण गरी मंगलबारदेखि सेवाग्राही मैत्री फाराम लागू गरिएको छ। विगतमा रहेका नाङ्ले फारामलाई विस्थापन गरी सेवाग्राही आफैंले भर्न सक्ने फाराम नयाँ फाराम लागू गरिएको हो।

जनताको सम्पत्तिलाई अभिलेख गरी सुरक्षित बनाउने दायित्व सरकारको भएको भन्दै उनले सेवाग्राहीलाई केन्द्रमा राखेर गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन्। मन्त्रालयअन्तर्गतका कार्यालयलाई व्यवस्थित गरी समयसांपेक्ष अत्याधुनिक सेवा पारदर्शी रुपमा सञ्चालन गर्न कर्मचारीलाई उनले निर्देशन दिइन्। उनले सरकारी कार्यालयबाट सहजै सेवा पाउने जनताको अधिकार भएको बताइन्। लोकतन्त्रमा जनताले दु:ख पाए भने परिवर्तनको संस्थागत हुन नसक्ने उनको भनाइ थियो।

मन्त्रालयले तयार गरी राजपत्रमा प्रकाशित भइसकेको सरलीकृत फारामलाई सेवाग्राहीलाई हस्तरण गरी भर्न लगाइएको छ। विगतमा लेखनदासको सहयोगबिना भर्न नसकिने फारामहरु अहिले सेवाग्राहीले नै भर्न सक्नेछन्। ललितपुर मालपोत कार्यालयले टोकन प्रणालीसमेत लागू गरेको छ।

मुलुकभर १ सय ३१ वटा मालपोत र नापी कार्यालयहरुमा टोकन र बैकिङ प्रणली लागू गर्ने मन्त्री अर्यालले प्रतिबद्धता जनाइन्।
-Kantipur

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account