छन्द–तरंगको दोस्रो शृंखला सम्पन्न

छन्द–तरंगको दोस्रो शृंखला सम्पन्न

छन्द–तरंगको दोस्रो शृंखला सम्पन्न

छन्द–तरंगको दोस्रो शृंखलामा छन्द कवि रमेश खकुरेल, सीता भट्टराई, र बलराम दाहाल प्रस्तुत भएका छन् । कविता विधाको छन्द सिर्जनाको स्तरोन्नति र संरक्षण तथा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको अभियानको यो दोस्रो शृंखला हो ।

लेखन कुञ्जको आयोजनामा कुञ्ज थिएटरमा भएको उक्त कार्यक्रमको दोस्रो शृंखलामा तिनै कविले छन्द कविता प्रस्तुत गरेका थिए । कार्यक्रमका संयोजकद्वय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको छन्द जागरण अभियानलाई मूर्त रूप दिन हरेक महिन तीनजना प्रतिनिधि कविका प्रतिनिधि कविता प्रस्तुत गर्ने गरी छन्द तरंग सुरु भएको हो ।

लेखन कुञ्जका अध्यक्ष कमल ढकालले ऐतिहासिक अभियानको भागिदार संस्था बन्न पाएकोमा खुसी व्यक्त गरे ।

-Naya Patrika

admin

leave a comment

Create Account



Log In Your Account