रचना वाचनमा डा. नवराज

रचना वाचनमा डा. नवराज

रचना वाचनमा डा. नवराज

 वाल्मीकि विद्यापीठमा आयोजना हुँदै आएको नियमित रचना वाचन कार्यक्रममा यसपटक अतिथि कविका रूपमा डा. नवराज लम्साल प्रस्तुत भएका छन् । कारागारमा पुस्तकालय स्थापनाका लागि सहभागीले निरन्तर शनिबारको यस शृंखलामा पनि पुस्तक जम्मा गरेका थिए ।

कार्यक्रममा संयोजक डिल्लिराम सुवेदी, सोझो गाउँले, कैलाशकुमार पाण्डे, तिलक राउत, सुदर्शन शर्मा, मीनराज वसन्त, नकुल अधिकारी, टेकराज अवस्थी, शैलेन्द्र शर्मा गौडेल, दुर्गा जोशी, राजुबाबु श्रेष्ठ, वाशिष्ट अधिकारी, केवल कार्की, रञ्जना गिरी, एलिजा ढकाल, उमा दाहाल, विष्णु विरही श्रेष्ठ, प्रकाश बम परिश्रमीलगायतले आफ्ना रचना सुनाए ।

अतिथि कवि डा. लम्सालले आफ्ना अनुभव, विचार तथा कविता प्रस्तुत गरे । करिब एक घन्टा मचमा उभिएका लम्सालले विचार र कवितामार्फत सहभागीको ध्यान तानेका थिए ।

-Naya Patrika

admin

leave a comment

Create Account



Log In Your Account