ट्रम्पका पूर्वसल्लाहकारलाई जेल सजाय

ट्रम्पका पूर्वसल्लाहकारलाई जेल सजाय

ट्रम्पका पूर्वसल्लाहकारलाई जेल सजाय

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एक जना पूर्वसल्लाहकारलाई १४ दिनका लागि जेल सजायको फैसला सुनाइएको छ । अमेरिकाको वाशिङटन डिसीस्थित अदालतमा झूट बोलेकाे भन्दै ३१ वर्षीय जर्ज पापाडोपलसलाई फैसला सुनाइएको हो ।

शुक्रबार सुनाइएको सजायअनुसार पापाडोपलसले दुर्इ सय घण्टा समुदायमा सेवा गर्नु पर्ने र साढे नौ हजार डलर तिर्नु पर्ने हुन्छ ।

शिकागोका बासिन्दा पापाडोपलसले सन् २०१६ को मार्चमा ट्रम्पको चुनावी अभियान टोलीमा स्वयंसेवक विदेश नीति सल्लाहकारका रूपमा काम गरेका थिए ।

मस्कोका आरोपित मध्यस्थकर्तासँगको भेटघाटको समय बारे संघीय अनुसन्धान निकाय झूट बोलेकोमा दोषी पाइएका पापाडोपलसले गत अक्टोबरमा सफाइका लागि स्पष्टीकरण दिएका थिए ।

-रासस

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account