कलाकार हरिप्रसाद रिमालको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी [तस्बिरहरू]

कलाकार हरिप्रसाद रिमालको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी [तस्बिरहरू]

कलाकार हरिप्रसाद रिमालको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी [तस्बिरहरू]

वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको पशुपतिस्थित भष्मेश्वर घाटमा अन्त्येष्टी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले रिमालको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । रिमालको ९३ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको हो ।

रिमाललाई श्रद्धाञ्जली अर्पण गर्नका लागि कलाकार बसुन्धरा भुसाल, तुलसी घिमिरे, रविन्द्र खड्का, रमेश बुढाथोकी, हरिहर शर्मा लगायतका व्यक्तित्वहरु पशुपति पुगेका थिए ।

नाटककार स्व बालकृष्ण समको मुकुन्द इन्दिरामा १४ वर्षको उमेरमा अभिनय सुरु गरेका रिमालले चलचित्र आमाबाट नेपाली चलचित्रमा अभियन यात्रा सुरु गरेका थिए ।

उहाँ विसं ००७ मा रेडियो नेपालबाट प्रसारण गरिएको ‘मेरो दिल टुक्रा टुक्रा।।। बोलको गीत गाएर प्रथम गायकको रूपमा स्थापित भए। उनले गाएको ‘बिना बादल असिना झ¥यो’, ‘फगत एक नजरमा’ जस्ता दर्जनौँ सदाबहार गीत चर्चित छन् ।

विसं १९८२ असोज ३ गते काठमाडौंको लगनटोलमा जन्मिएका रिमालको योगदान रेडियो नाटकदेखि नेपाली रङ्गमञ्च र चलचित्र क्षेत्रसम्म अविष्मरणीय रूपमा फैलिएको छ । उनका दुई छोरा, एक छोरी छन् ।

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account