नेपालको अलैँची उत्पादनमा चिनियाँ चासो

नेपालको अलैँची उत्पादनमा चिनियाँ चासो

नेपालको अलैँची उत्पादनमा चिनियाँ चासो

नेपालको अलैँचीका बारेमा अध्ययन गर्न चिनियाँ टोलीले पूर्वी नेपालको भ्रमण गरेकाे छ । चाइनिज मेडिसिन साइन्सका अध्यक्ष लिन ज्याङ्घिन नेतृत्वमा आएको सात सदस्यीय टोलीले झापा, इलाम, पाँचथर र ताप्लेजुङ भ्रमण गरेको हो । टोलीले ताप्लेजुङमा किसानलाई भेट्नुका साथै बगैँचामा पुगेर अध्ययन गरेको थियाे ।

चिनियाँ टोलीले नेपाल अलैँची व्यवसायी महासंघका पदाधिकारीसँग आइतबार बिर्तामोडमा छलफल समेत गरेकाे थियो । नेपालको अलैँची विश्व बजारसम्म पुगे पनि चीनमा पुग्न नसकेकाे व्यवसायीहरुले बताएका छन् । अध्ययनपछि चीनको टोलीले नेपाली अलैँचीप्रति चासो राखेको अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताए । चीनमा अलैँचीलार्इ आयुर्वेदिक औषधीका रुपमा लिने गरिन्छ ।

‘नेपालको अलैँची राम्रो छ,’ अध्यक्ष भट्टराईले भने, ‘नेपालको अलैँची गुणस्तरमा पनि फरक छ, मूल्यमा पनि अन्तर छ ।’ विश्व बजारमा नेपालको अलैँचीको माग बढिरहेकाे बेला चीनलार्इ अलैँची पठाउन तयार रहेको अध्यक्ष भट्टराईले बताए । चिनियाँ टोलीलाई नेपालको अलैँची लैजान आग्रह गर्दै अध्यक्ष भट्टराईले भने, ‘जस्तो प्याकेजिङ र गुणस्तरमा चाहिन्छ, हामी दिन तयार छौँ ।’

चीनको मागअनुसार अलैँची पठाउन तयार रहेको व्यवसायी महासंघका महासचिव ओमकृष्ण विमलीले बताए । अलैँची व्यवसायी महासंघका अनुसार विश्वको ७० प्रतिशत अलैँची उत्पादन नेपालमा हुन्छ । नेपालको ८० प्रतिशत अलैँची प्रदेश, १ मा उत्पादन हुन्छ भने सबैभन्दा बढी ताप्लेजुङ हुँदै अाएकाे छ ।

के भन्छ चिनियाँ टोली

चिनियाँ टोलीले नेपालबाट अलैँची खरिद गर्न पहल गर्ने बताएको छ । ‘चीनमा अलैँची औषधीका लागि लोकप्रिय रहँदै अाएकाे छ, विश्वभरि चीनको औषधीको ठुलो भूमिका पनि छ, चाइनिज मेडिसिन साइन्सका अध्यक्ष ज्याङ्घिनले भने, ‘हालसम्म नेपालको अलैँची प्रयोग नभए पनि अब पहल गरेपछि पक्कै चीनमा बजार पाउनेछ ।’

नेपालको कृषिजन्य उत्पादन अलैँची चीनमा आयुर्वेदिक औँषधीका रुपमा प्रयोग हुने भएकाले चासो राखेको हो ।

-नया पत्रिका

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account