११ मा भर्ना भएपछि परीक्षाका यस्ता विषयमा होस पुर्‍याऔँ

११ मा भर्ना भएपछि परीक्षाका यस्ता विषयमा होस पुर्‍याऔँ

११ मा भर्ना भएपछि परीक्षाका यस्ता विषयमा होस पुर्‍याऔँ

विद्यार्थीले सामान्य विषयमा पनि हेलचेक्र्याइँ गर्दा समस्या भोग्नु परेकोे पाइन्छ । सामान्य गल्तीका कारण विद्यार्थी आफैँ र राष्ट्रिय परीक्षा बोर्डले समेत सास्ती भोग्नु परेका धेरै उदाहरण छन् । विद्यार्थीले रजिस्ट्रेसन भर्दादेखि परीक्षाको फारम भर्दासम्म केही सावधानी अपनाएमा पछि आइपर्ने समस्याबाट जोगिन सकिन्छ । हेर्दा सामान्य लाग्न सक्छ, तर यी विषयमा बेलैमा ध्यान पुर्‍याएमा अनावश्यक झन्झटबाट मुक्त पाउन सकिन्छ ।

  • कक्षा ११ मा रजिस्ट्रेसन भर्दा नाम, थर र जम्ममिति गलत भर्ने गरेको पाइएको छ । सामान्य विषयमा ध्यान नपुर्‍याउँदा विद्यार्थी सच्चाउनका लागि राष्ट्रिय परीक्षा बोर्ड धाउनु परेको अवस्था छ ।
  • परीक्षाको समयमा उत्तरपुस्तिकामा विषय, विषय कोड, सिम्बल नम्बर र नम्बर गलत गर्दा समस्या उत्पन्न हुने गरेको छ ।
  • परीक्षा आवेदन फारममा विषय र त्यसको कोड फरक भर्ने गरेको छ ।
  • समयमै प्रयोगात्मक परीक्षाको अंक नपाउने कारण
  • कक्षा १२ मा विद्यालय परिवर्तन गर्ने कारण
  • विद्यार्थीले अतिरिक्त विषय –नन–क्रेडिट) परीक्षा आवेदन फारममा तोकेको स्थानमा नभरी तल–माथि भर्ने गरेको
  • राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा रहेको स्टुडेन्ट मेमो प्रयोग नगर्दासमेत समस्या हुने गरेको छ ।
  • समयमै परीक्षा फारम नबुझाएमा अनावश्यक दुःखबाट जोगिन सकिन्छ ।
  • सकेसम्म परीक्षा फारम आफैँ भर्नुपर्छ । अन्य व्यक्तिले फारम भरिदिँदा धेरै त्रुटी हुने गरेको पाइएको छ ।
  • परीक्षा दिँदा उत्तरपुस्तिकामा गल सिम्बल नम्बर लेख्ने
  • परीक्षाको समयमा उत्तरपुस्तिकामा सिम्बल नम्बर, विषय हाजिरी गर्दा माथि उल्लेखित विषय उल्लेख नगरी हाजिर गर्नुपर्नेमा नगर्दा पनि समस्या हुने गरेको छ ।
  • विद्यार्थीले हाजिर गर्दा जानेर वा नजानेर अर्काको सिम्बल नम्बर उत्तरपुस्तिकामा समेत लेख्ने गरेको पाइएको छ ।
  • विद्यालय/सम्बन्धित परीक्षा केन्द्रले प्रवेशपत्र र बोर्डले पठाएको ट्रिप्लिकेट रुजु नगरी प्रवेशपत्र उपलब्ध गराएका कारण पनि विद्यार्थीले दुःख पाउने गरेका छन् ।
  • कतिपय विद्यार्थीले पहिले नै पास भएको विषयमा पुनः फारम गर्ने गरेको पाइएको छ ।
  • रजिस्ट्रेसन गर्दा एउटा विषय समूहमा फारम भर्ने तथा परीक्षा फारम भर्दा अर्को समूहमा फारम भर्ने गरेको छ । यसले अन्योल बनाउने गरेको छ ।
  • विद्यालयले रजिस्ट्रेसन फारम भर्दा देखिने विद्यार्थीको विवरण सही नभरिदिनु र देखिएको त्रुटिलाई समयमै बोर्डमा आएर नसच्याउने प्रवृत्तिले सबै पक्षलाई समस्या हुने गरेको छ ।

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account