पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपाललाई मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपाललाई मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपाललाई मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन माग गरिएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल, उनका छोरा नवीन पौडेल र पूर्वप्रधानमन्त्रीद्वय डा भट्टराई र  नेपाललाई ललिता निवास सरकारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।

अख्तियारले गत बुधबार तत्कालीन ३ मन्त्रीसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

कांग्रेसले आफ्ना उपसभापती तथा संददीय दलका उपनेता विजयकुमार गच्छदारमाथि पक्षपात, नियोजित तथा षड्यन्त्रमूलक ढंगले बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता गराएको आरोप लगाएको छ ।

admin

leave a comment

Create Account



Log In Your Account