काठमाडाैंमा मनाइयाे ‘राष्ट्रिय योग दिवस’

काठमाडाैंमा मनाइयाे ‘राष्ट्रिय योग दिवस’

काठमाडाैंमा मनाइयाे ‘राष्ट्रिय योग दिवस’

समयसँगै परिवर्तन भएको मानिसको जीवनशैलीले विभिन्न समस्या निम्त्याएको स्मरण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तनाव व्यवस्थापनमा योगले ठूलो भूमिका खेल्ने बताए ।

योग दिवस मूल मुलसमारोहका अध्यक्ष तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रदेश र स्थानीय तहलाई योग दिवस मनाउन आग्रह गरेका छन् । ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने मूल नाराका मनाउन थालिएको पाँचौं योग दिवसलाई राष्ट्रिय दिवसका रुपमा स्थापित गर्न मन्त्री पोखरेलले प्रदेश र स्थानीय तहलाई समेत आग्रह गरेका हुन् ।

राष्ट्रिय योग दिवसलाई सप्ताव्यापी कार्यक्रमको आयोजना गरी मनाउन लागिएको छ । अगामी शैक्षिक वर्षदेखि शिक्षा मन्त्रालयले पाठ्यक्रममा योग शिक्षा समोवेश गर्दैछ ।

यस्तै परराष्ट्रमन्त्री प्रदिप ज्ञावालीले निरोगी, दीर्घजीवन, सदाचार अनुशासन र चरित्र निर्माणमा योग अभ्यासले मद्दत पु-याउने धारणा व्यक्त गरे ।

स्वास्थ्य संगठनले सन् २०३० सम्ममा धेरै मानिस तनावपूर्ण समस्याबाट गुज्रने अनुमान गरेको छ । योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दिर्घ रोगबाट बच्न सहयोग हुने विज्ञहरु बताउँछन् । अमेरिकाले योग प्रर्वद्धनका लागि वार्षिक ६० विलियन डलर खर्च गर्दै आएको प्रसंग निकाल्दै स्वामी आनन्द अरुणले योग प्रवद्र्धनका लागि नेपालमा राष्ट्रिय योग इन्सिच्युट खोल्न आग्रह गरे ।

सोही अवसरमा मन्त्रालयद्वारा गठित राष्ट्रिय योग अभ्यासक्रमका संयोजक सोनाम साथीले मन्त्री पोखरेललाई योगाभ्यास पुस्तिका हस्तान्तरण गरेका थिए । नेपालले २०७२ सालबाट माघ १ लाई राष्ट्रिय योग दिवसर २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा वर्ष दुई वटा योग दिवस मनाउँदै आएको छ । नेपाल राष्ट्रिय योग दिवस मनाउने विश्वको एकमात्र राष्ट्र हो ।

पद्मोदय माध्यामिक विद्यालयबाट सुरु भएको प्रभातफेरी रत्नपार्क, बागबजार हुँदै राष्ट्रिय सभागृहमा आएको थियो ।

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account