यौन जीवनको भविष्य

यौन जीवनको भविष्य

यौन जीवनको भविष्य

म कहिलेकाहीँ त्यस्तो भविष्यको कल्पना गर्छु, जहाँ यौन अस्तित्वमै हुँदैन । धेरै मानिसले यसलाई आश्चर्य ठान्न सक्छन्, तर मेरा लागि यो त्यस्तो संसार हो, जसले अद्भूत साथ विगतमा फर्काउँछ ।

जब म सानो थिएँ र ‘सेक्स’ शब्द याद थिएन, त्यतिवेला हरेक दिन आफ्नै शरीरले मलाई आश्चर्यमा पाथ्र्यो । झन्डै तीन वर्षको छँदा आफैँभित्र घुमिरहेको सम्झना मलाई छ । जब म निश्चित ठाउँमा जान्थेँ, मभित्रको पानी सोडामा परिणत हुन्थ्योँ र फिज निस्कन्थ्योँ, त्यसपछि एक्कासि बाफ बनेर जान्थ्योँ ।

ममा यसको राम्रो प्रभाव छ । मैले यो अनौठो र रोचक खोजीलाई ‘इप्पी’ नाम दिएँ, आफैँले बनाएको यो शब्द मेरा लागि मायालु र रहस्यपूर्ण थियो । यससँग विद्युतीय ऊर्जा थियोे, जसलाई मैले कुनै तरिकाले महसुस गर्नु अनुकूल सम्झन्छु ।

जब मैले प्राथमिक शिक्षा सुरु गरेँ, त्यहाँ मान्गा म्यागजिनमा एउटा कोलम थियो, जहाँ पाठकसँग उनीहरूका आविष्कारबारे लेखेर पठाउन आग्रह गरिएको थियो । मलाई यहाँ ‘इप्पी’ आविष्कारबारे लेखौँजस्तो लाग्थ्यो, तर मैले पुनर्विचार गरेँ– सायद मैले हुर्किसकेका व्यक्तिलाई मेरो शरीरमा रहेको यस अद्भूत आविष्कारबारे अहिल्यै जानकारी दिनहुन्न (यो अरूको शरीरमा पनि हुन सक्छ, तर मैले आफूभित्र मात्रै यसको परीक्षण गरेको छु ।)

सम्भवतः कसैको गहिरो निद्रामा पनि आफ्नो शरीरभित्रको पानी सोडा बन्न सक्दैन होला, त्यसैले मलाई लाग्यो कसैले यसको विश्वास गर्नेछैन । मैले सोचेँ, ठूलो भएपछि म वैज्ञानिक बन्नेछु र पूरा विश्वलाई यस अद्भूत आविष्कारबारे भन्नेछु ।

मैले मानिसले यस्तो भनेको पनि सुनेको छु, ‘तिमीले यस्तो लेख्दै छौ किनकि तिमी संसारप्रति क्रूर छौ’ वा ‘के तिमीसँग बाल्यकालमा त्यस्तो नराम्रो केही भएको थियो ।’

त्यस समय मलाई आफ्नो छालाबाहिर र भित्रको भाग उस्तै छ र दुवैमा कुनै सीमितता छैन भन्ने विश्वास थियो । मेरो शरीरभित्रको असीमित विश्व ब्रह्माण्डको अन्त्यजत्तिकै रहस्यमयी थियो । मैले त्यस्तो दिनको सपना देखेँ, जब सबै एकसाथ कुदिरहेका छन्, शरीरभित्रको संसार खोज्नका लागि ।

जब म १० वर्षको थिएँ, मेरो सपना ध्वस्त भयो । मैले एडल्ट म्यागेजिनमा एउटा कोलम पढेँ, यहाँ पाठकले आफ्ना अनुभव पठाएका हुन्थे । एउटा बालकले आफ्नै कक्षाकी एक बालिकाको पहिलो झलक सम्झेर हस्तमैथुन गरेको अनुभव छापिएको थियो । मेरा लागि धेरै अर्थले यो स्तब्धकारी थियो । पहिलो, ‘इप्पी’ले नौलो नाम पाइसकेको थियो । अर्को, ती बालकले स्कुले बालिकामाथि सम्मानको व्यवहार गरेका थिएनन्, बरु फोहोरी र कामूक प्रदर्शनी सामग्रीका रूपमा प्रयोग गरेका थिए ।

मलाई यी सबै कुराले दिक्क लाग्यो र दुःखीबाहेक अरू केही हुन सकिनँ । यसपछि विश्वले मलाई धेरै तरिकाले ‘सेक्स’ शब्द र यस कार्यबारे सिकायो । आफूभित्रको आकारविहीन प्रचुरता खोज्ने मेरो यात्रा अन्त्य भयो र मैले यो विश्वास गर्न छाडिदिएँ कि मेरो छालाभित्र र छालाबाहिर एउटै छ । मलाई अनुभव भयो कि सेक्सको प्रकृतिबारे शताब्दीऔँ अघि नै निर्णय भइसकेको थियो । मैले ठूलो अदृश्य आवाज सुन्न थालेँ, जसले राम्रो कपडा लगाउन र सेक्सलाई अरूले झैँ बुझ्न आदेश दिइरहेको थियो । मेरो बाल्यकालीन स्वप्नमा केही थपियो, मैले कथाका काल्पनिक पात्रलाई प्रेम गरेको, उनीहरूसँग यौनसम्पर्क राखेको सपना देख्न थालेँ ।

मलाई लागेको थियो, कुनै दिन विज्ञानले यो सपनालाई साँचो बनाउनेछ । तर, जब म कलेज पुगेँ । तब कसरी मानिसले एक युवतीको पोर्न भिडियोबारे मजाक बनाएका थिए भन्ने सम्झना अझै छ, यी युवतीले कार्टुन फिल्मका पात्रसँग यौनसम्पर्क राखेकी थिइन् । सबैजना युवतीलाई हेरेर हाँसेका थिए । ‘त्यो प्रेम होइन’, उनीहरू भन्दै थिए, ‘यो केवल आशारहित हस्तमैथुन हो, पाप, विरक्तलाग्दो र कमेडी हो ।’

मैले ठूलो अदृश्य आदेशलाई अटेर गर्न सकिनँ, निरन्तर सुनिरहेको थिएँ । आफ्नो दिवास्वप्न बन्द गर र जीवित मानिससँग राम्रोसँग यौन सम्पर्क राख, एक निर्दोष कुमारीजस्तै व्यवहार गर, जसबाट केटाहरू मख्ख पर्छन् । एउटी असल केटीजस्तो व्यवहार गर, जसले आफ्नो उशृंखल भाग एकैजना केटालाई देखाउँछे र बच्चा जन्माउँछे । मेरो विचार प्रक्रिया बन्द भएको हुन सक्छ, तर मैले लेख्ने कथाका नायकले अनौठा चुनौती लिई नै रहे ।

‘आफ्नो दिवास्वप्न बन्द गर र जीवित मानिससँग राम्रोसँग यौन सम्पर्क राख, एक निर्दोष कुमारीजस्तै व्यवहार गर, जसबाट केटाहरू मख्ख पर्छन्, एउटी असल केटीजस्तो व्यवहार गर, जसले आफ्नो उच्छृंखल भाग एकैजना केटालाई देखाउँछे र बच्चा जन्माउँछे’

उनीहरूले पृथ्वीसँग यौनसम्पर्क गरे, वा कहिल्यै यौनसम्पर्क नगर्ने वाचासहित विवाह गरे वा अन्ततः त्यस्तो संसार बनाए, जहाँ यौन थिएन र त्यहीँ बाँच्न थाले ।

‘सायाका तिमी युवा छौ, त्यसैले यस्तो काम नलाग्ने लेखिरहेकी छौ । जब तिमीले वास्तविक खुसी अनुभव गर्नेछौ, हामी पक्का छौँ तिमीले यस्ता कथा लेख्न बन्द गर्नेछौ । तिमी अझै युवा र अबुझ छौ,’ ५० वर्षमाथिका दुई जापानी महिलाले आक्रोशित हुँदै मसँग भने ।

‘यो विध्वंशकारी छ । तिमी यस्ताखाले कथा लेख्दै छौ, तर तिमी के गर्नेछौ जब साँच्चिकै यो संसारबाट सेक्स हराउनेछ ?’ यो प्रश्न एक पुरुषको थियो । मैले मानिसले यस्तो भनेको पनि सुनेको छु, ‘तिमीले यस्तो लेख्दै छौँ किनकि तिमी संसारप्रति क्रूर छौ’ वा ‘के तिमीसँग बाल्यकालमा त्यस्तो नराम्रो केही भएको थियो ।’

मैले बुझेअनुसार धेरै मानिस धेरै तरिकाले तर्सिएका थिए । उनीहरू आराम चाहन्थे, बुझ्न नसक्ने कुरा कथा पढेर बुझ्न पाइयोस् भन्ने उनीहरूको जोड थियो । मलाई हैरान गर्ने अदृश्य आदेश पछाडि ती भयभीत मानिस बसिरहेका थिए, जसलाई परिवर्तनको डर थियो र उनीहरू सोच्न असमर्थ थिए, मजस्तै ।

जुन क्षण मैले यो बुझेँ कि मैले भगवान्बाट दबाब महसुस गरेको त होइन, तब ‘यौन’ शब्द जेलबाट जागेर उठ्यो । यसले फरक अर्थसहित ममा कम्पन सिर्जना गर्यो । जसरी ‘इप्पी’को घटनासँग जोसँग म मात्रै सरोकार राख्थेँ । त्यसरी नै यो पनि मेरो विषय थियो र केवल मेरो मात्रै । मलाई महसुस भयो कि मेरो बाल्यकालीन सपना अनौठो बाटोबाट पूरा भएको छ । म त्यस रहस्यमयी विश्वमा पहिल्यै खडा रहेछु जसको मैले सपना देखेको थिएँ, जहाँ खोजी सधैँ भइरहन्छ ।

म सुरुदेखि नै त्यहाँ छु । तर, म द्विविधाग्रस्त जानकारी र अरूको गलत अवधारणाले भड्किएको रहेछु । सय वर्ष वा हजार वर्षमा मानिसले विवाह पनि नगर्न सक्छन् वा ‘सेक्स’ शब्द हराउन सक्छ र फेरि एकपटक हामी भाषाबाट टाढिएर आफूभित्रकै राज्य घुम्न सक्छौँ ।

मानिस अचम्मको प्रजाति हो र हामीसँग हामी भविष्यमा कसरी परिवर्तन हुन्छौँ भन्ने कुनै योजना छैन, मेरा लागि त्यही सुन्दर छ । म यो पनि विश्वास गर्छु हामी आफूभित्रको त्यो अनौठो रहस्य निरन्तर खोज्नेछौँ, बाहिरी विश्वबाट माथि उठेर हाम्रो आफ्नै शरीरभित्र, जो कुनै सीमितताविना फैलिरहेको छ ।

admin

leave a comment

Create Account



Log In Your Account