पूर्वसभामुख महराबाट पीडित महिलाको निवेदनमा उच्च अदालतबाट कैफियत प्रतिवेदन माग

पूर्वसभामुख महराबाट पीडित महिलाको निवेदनमा उच्च अदालतबाट कैफियत प्रतिवेदन माग

जबरजस्ती करणी प्रयासको उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराले थुनछेकको आदेश विरुद्ध दिएको पुनरावेदन मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ ।

तर, नयाँ बानेश्वर २६ (३०) की पीडित महिला नै महराको पक्षमा काठमाडौं जिल्ला अदालतको आदेश उपर पुनरावेदन निवेदन लिएर मंगलबार पाटन उच्च अदालत पुगिन् । प्रहरीले ९ घण्टा बन्धक बनाएर जबरजस्ती उजुरी दर्ता गरेको र त्यो झुठो भएको भन्दै पीडित महिला अदालत पुगेकी हुन् ।

उनको उजुरी सोही दिन उच्च अदालतका उपरजिस्ट्रार शम्भुप्रसाद रेग्मीले दरपीठ गरिदिए । सो दरपीठविरुद्ध दायर मुद्दामा उच्च अदालतका न्यायाधीश रामप्रसाद ओलीले कैफियत प्रतिवेदन माग गरेका छन् ।

उनले महराको मुद्दाको थुनछेक बहस नहुँदै पनि काठमाडौं जिल्ला अदालतको इजलाससमक्ष सो निवेदन पेस गरेकी थिइन् । जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले ‘निवेदनलाई प्रमाणको रुपमा मान्ने वा नमान्ने’ भन्ने बारे मुद्दा फैसलका सन्दर्भमा सुनुवाइ हुने भन्दै महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए ।

यता, महराले उच्च अदालतमा दायर गरेको पुनरावेदन मुद्दाको सुनुवाईको पेसी बिहीबारका लागि तोकिएको उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहालले बताए ।

गत ६ मंसिरमा उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले पूर्वसभामुख महरामाथि लागेको जबर्जस्ती करणी उद्योग मुद्दाको कैफियत प्रतिवेदन र सुरूको मिसिलसमेत माग्ने आदेश दिएको थियो । महराले जिल्लाको आदेश बदर गर्न माग गर्दै मुलुकी फौजदारी कार्य्विधि संहिता २०७४ को दफा ७३ अनुसार पुनरावेदन निवेदन दर्ता गरेका थिए ।

गत १२ असोजमा काठमाडौंको तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले १८ असोजमा प्रहरीसमक्ष किटानी जाहेरी दिएकी थिइन् । जाहेरीको भोलिपल्ट १९ असोजमा अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले महरालाई सभामुखनिवास बालुवाटारबाट पक्राउ गरेको थियो ।

उनलाई जिल्ला सरकारी वकिलले साढे सात वर्षसम्मको कैद र क्षतिपूर्तिसमेत मागदावी गर्दै मुद्दा दायर भएको थियो ।

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account