अष्ट्रेलियामा विदेशीले यसरी मनाए गाई तिहार

अष्ट्रेलियामा विदेशीले यसरी मनाए गाई तिहार

अष्ट्रेलियामा विदेशीले यसरी मनाए गाई तिहार

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहारको उपलक्ष्यमा अष्ट्रेलियाको न्यु साउथ वेल्समा गाई तथा गोरु पुजा सम्पन्न गरिएको छ ।

अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन)ले गाई पुजाको अवसरका भगवान कृष्णको नामको कृतन गर्दै पुजा सम्पन्न गरेको छ ।

हरिनाम जप्दै (हरे कृष्ण हरे कष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे) विदेशी भक्तहरुले र्याली समेत निकालेका थिए ।

गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर गाई तिहार मनाइएको हो ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । विदेशीहरुले समेत वैदिक सनातन धर्म अंगाल्दै विभिन्न भागमा परम्परा अनुसार पुजा आजा गर्ने गरेका छन् ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ‘गौमाता भनी’ सम्मान गरिन्छ । दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको छ।

गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ।

आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।

त्यस्तै, वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ।


admin

Related Posts

leave a comment

Create Account



Log In Your Account