दुबईबाट सिक्नुपर्छ हाम्रा सहरले

दुबईबाट सिक्नुपर्छ हाम्रा सहरले

पोखरा गइरहन्छु, जहाँ पुग्नासाथ थकान र दुःख बिर्सिइन्छ । वरिपरिको हरियाली, फेवाताल, बेगनासताल, उत्तरतर्फ सेताम्य हिमाली शृंखला, मौसम खुलेको वेलामा देखिने अन्नपूर्ण, धौलागिरि र माछापुच्छ्रे हिमालले शरीरमा कम्पन ल्याउँछन् । स्वदेशी र विदेशी संस्कृतिको संगम पनि हो, पोखरा । साँझपख लेकसाइड पुग्दा कुनै विकसित मुलुकमा पुगेको झल्को मिल्छ । सराङकोटबाट उडिरहने रंगीबिरंगी प्याराग्लाइडिङले पोखरामा रौनक थपेको पाउँछु । पोखरामा अझै भीडभाड बढिसकेको छैन । त्यसैले शान्त पनि छ ।

अन्नपूर्ण आधारशिविर पुग्दाको आनन्द शब्दमा बयान गर्न सकिँदैन । इलामको चियाबारी लोभलाग्दो छ । स्वर्गमा पुगेको अनुभूति हुने सुन्दै आए पनि रारा पुग्न पाएको छैन । डोल्पा पुगेर घुमफिर गर्ने रहर पनि पूरा भएको छैन । नेपाल साह्रै सुन्दर मुलुक हो । नेपालीको आतिथ्य सत्कार विश्वमै उत्कृष्ट मानिन्छ । जति नयाँ ठाउँमा पुग्यो, त्यति नै फरक आतिथ्य सत्कार पाइन्छ । हरेक ठाउँमा आ–आफ्नै मौलिक संस्कृति, रीतिरिवाज र परम्परा छन् । विदेशका थुप्रै गन्तव्य नापिसकेको छु, तर आफ्नै मुलुकजस्तो सुन्दर अन्यत्र लाग्दैन ।

पर्यटन दुबईको अर्थतन्त्रको मेरुदण्ड हो । कृत्रिम संरचनाहरू खडा गरेर यस सहरले विश्वभरका पर्यटक तानिरहेको छ । प्राकृतिक सम्पदा केही नभएको सहरले गरेको विकासबाट नेपालले पाठ सिक्नुपर्छ ।

स्वदेश÷विदेशका कतिपय भ्रमण पारिवारिक हुन्छन् भने कतिपय व्यावसायिक सिलसिलाका हुन्छन् । राजनीतिमा लागेकाले विभिन्न जिल्ला पुगिरहेको हुन्छु । इलाम, भेडेटार, धनकुटा, जनकपुर, काठमाडौं, पोखरा, स्याङ्जा, अन्नपूर्ण आधारशिविर, मुक्तिनाथ, लुम्बिनी, चितवन, बाँके, बर्दियालगायत अधिकांश पर्यटकीय गन्तव्यमा पुगिसकेको छु । धनकुटाका भेडेटार र हिले दुवै पर्याप्त प्रवद्र्धन हुन बाँकी सुन्दर गन्तव्य हुन् ।

विश्वकै अग्लो सगरमाथा र गौतम बुद्धको जन्मस्थान लुम्बिनी नेपालका गहना हुन् । स्वदेशी पर्यटनको अथाह सम्भावना हामीले अझै पहिल्याउन सकेका छैनौँ । सिंगापुर, मलेसिया, चीन, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, दुबई, थाइल्यान्ड, न्युजिल्यान्ड, भारत, दक्षिण कोरियालगायत हालसम्म करिब १२ वटा मुलुक पुगेको छु । छिटै बेलायत जाँदै छु । घुमेमध्ये सबैभन्दा गज्जबको गन्तव्य दुबई लाग्यो । उजाड मरुभूमिमा भएको विकासले संसारलाई चकित बनाउँछ । दुबईका मान्छे अनुशासित छन् । पर्यटन त्यहाँको अर्थतन्त्रको मेरुदण्ड हो । कृत्रिम संरचनाहरू खडा गरेर दुबईले विश्वभरका पर्यटक तानिरहेको छ । प्राकृतिक सम्पदा केही नभएको सहरले गरेको विकासबाट नेपालले पाठ सिक्नुपर्छ ।

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account