यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

 

काठमाडाैं- सरकारले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत गर्ने भएको छ। मन्त्रिपरिषद्को साेमबार साँझ बसेकाे बैठकले ती विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

यस्तै बैठकले कृषि तथा पशुपक्षी, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संगठन संरचना स्वीकृत गरेको छ। केही दिन पहिलेमात्रै ती दुई मन्त्रालय गठन गरिएको थियो। तत्कालका लागि दुई वटै मन्त्रालयको कार्यभारसमेत कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनाललाई जिम्मा दिइएको छ।

यस्तै बैठकले नेपाल र भारतबीच सन् २००९ मा भएको वाणिज्य सन्धि पुनरावलोकनसम्बन्धी पहिलो बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुको नेतृत्वमा आठ सदस्यीय वार्ता टोली गठन गरेको छ। सो टोलीलाई सहमति भएका विषयमा राष्ट्रिय हितलाई ध्यानमा राखेर हस्ताक्षर गर्ने अख्तियारी दिने निर्णय भएको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए।

त्यस्तै बैठकले गण्डकी प्रदेशका कामु प्रमुख सचिव नारायणप्रसाद विडारीलाई विशिष्ठ श्रेणीमा बढुवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बुद्धिबहादुर खड्कालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै, प्रदेश नं १ का प्रमुख सचिव सुरेश प्रधानलाई महालेखा नियन्त्रणको कार्यालयमा सरुवा गरिएको छ। महालेखा नियन्त्रण कार्यालयका सचिव रामकुमार आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ।

यस्तै बैठकले विभिन्न १७ विधेयक मन्त्रिपरिषद्का विभिन्न समिति छलफलका लागि पठाइएको छ। त्यसमा उपभोक्ता संरक्षणसम्बन्धी विधेयक, अपराधबाट पीडितको संरक्षणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, नागरिकता ऐनसम्बन्धी विधेयक, अध्यागमनसम्बन्धी विधेयक रहेका छन्।

यसैगरी यातनासम्बन्धी विधेयक, वातावरण संरक्षणसम्बन्धी ऐनको पहिलो संशोधन विधेयक, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण सम्बन्धी विधेयक, सामाजिक सुरक्षासम्बन्धी विधेयक, जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी विधेयक, नागरिकको आवासको अधिकार, खाद्य सम्प्रभूतासम्बन्धी विधेयक, सुरक्षित मातृत्व तथा प्रजननसम्बन्धी विधेयक लगायत मन्त्रिपरिषद्को समितिमा छलफलका लागि पठाइएको छ।

ती विधेयक शीघ्र संघीय संसद्मा पेश गर्ने र केहीमा संशोधन गर्नुपर्ने देखिएकाले मन्त्रिपरिषद्को समितिमा छलफलका लागि पठाइएको सञ्चारमन्त्री बाँस्काेटाले बताए। रासस

admin

Related Posts

पार्टीका चियापान समारोहमा कार्यकर्ताबाट नेता कुटिएका दृष्टान्त थिए । यसपटक त कार्यकर्तामाथि नै आक्रमण भयो । देशको सबैभन्दा ठूलो जनमत पाएको पार्टी नेकपाको चियापान समारोहमा असन्तुष्ट कार्यकर्तामाथि कुटपिट भएको हो । annapurna post आज भृकुटीमण्डपमा नेकपाले गरेको चियापान समारोहमा असन्तुष्ट एक कार्यकर्तामाथि सोही पार्टीका एक अगुवाले हमला गरे । कसले कुटपिट गरे भन्ने चाहिँ पुष्टि भइसकेको छैन । चियापान समारोहको बहिष्कार गर्दै पर्चा बाँडिरहेको अवस्थामा युवराज पौडेल ‘सफल’ नाम गरेका कार्यकर्ता कुटिएका हुन् । पौडेलले नेकपा असन्तुष्ट समूहको नाममा एक मोर्चा समेत बनाएका थिए । त्यसको संयोजकको रुपमा उनले चियापानबीच पर्चा बाँडिरहँदा उनीमाथि आक्रमण भएको हो । यो घटनापछि युवराजलाई हामीले टेलिफोन गरी उनको प्रतिक्रिया लिएका थियौँ । पौडेलको प्रतिक्रिया जस्ताको त्यस्तै : नेकपा नेतृत्वको सरकारले गरेका पछिल्ला गतिविधि र निर्णयबाट जनता निराश बनेका छन् । बलात्कारका दोषी अझै पक्राउ पर्न सकेका छैनन् । माफियाहरु सक्रिय छन् । अपराध, भ्रष्टाचार, महंगी जस्ता समस्यालाई सरकारले सम्बोधन गर्न सकेकै छैन । जनतामा निराशा छाएको यस्तो अवस्थामा ५० हजारलाई बोलाएर चियापान गर्नुको औचित्य छैन भनेर हामीले केही दिन अघिदेखि नै भन्दै आएका थियौँ । यो फजुल खर्च गर्ने समय हैन । चियापानको रकमले बरु अन्य महत्वपूर्ण काम गर्न सकिने थियो । चियापानको अघिल्लो दिन मात्रै पनि हामी असन्तुष्ट केही साथी मिलेर विज्ञप्ति जारी गरिसकेका थियौँ । नेकपाका उच्च नेताहरुलाई पनि भेटेरै यसबारे सुझाव दियौँ । तर सनुवाइ भएन । अन्ततः चियापान समारोहमै उपस्थित भएर आम कार्यकर्ता र जनतालाई नै हाम्रो कुरा भन्नु पर्छ भन्ने ठानेर पर्चा बाँड्न पुगेका थियौँ । अरिंगाल जाइलागे : प्रधानमन्त्रीले केही समयअघि कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन दिइरहेका थिए । त्यसैको परिणाम आज ओली र प्रचण्डबाट पालित पोषित भाडाका कार्यकर्ताले ममाथि आक्रमण गरे । ओलीका अरिंगाल नै ममाथि जाइलागे । व्यक्तिगत रुपमा मलाई यसले केही असर परेन होला । आम जनताले अब नेकपा तथा सरकारलाई कसरी बुझ्लान् ? के सोच्लान् ? यस्तो अहंकार देखाउँदै जाने हो भने यो पार्टी जनतामा झनै अलोकप्रिय हुन्छ । म लगायत हामी असन्तुष्ट थुप्रै कार्यकर्ता यस्ता हमला सहेर बस्न सक्दैनौँ । साना समूह वा फरक विचारको सामना गर्न नसकेर आक्रमण गरिराख्ने हो भने हामी पनि चुप लागेर बस्ने छैनौँ । हामीलाई धेरै जनताले साथ दिने छन् । अन्ततः सशस्त्र संघर्ष गर्न पनि तयार हुन्छौँ हामी । ममाथि आक्रमण भइरहँदा नजिकै थिए नेकपाका नेताहरु । लेखनाथ न्यौपाने, देवेन्द्र पौडेल, शक्ति बस्नेतलगायत नेताहरु नजिकै थिए । प्रहरी अधिकारीकै अगाडि नेकपाका कार्यकर्ताले हमला गरे । यो घटना दुखद् हो । मलाई नै कसैले परिचालित गर्यो की भनेर आशंका गरे । तर खासमा ती पिट्ने कार्यकर्ता नै भिजिलान्ते हुन् । विचारबाटै प्रतिवाद गर्न सकिने कुरा हुँदा पनि तिनिहरु हातपातमै उत्रिए । यसले यो सरकारको छवि नै उदांगो पारिदिएको छ । वास्तवमा बृहत कम्युनिष्ट पार्टी निर्माण गर्ने हाम्रो अभियान हो । भ्रष्टाचार नियन्त्रण गर्ने, माफियालाई कारवाही गर्ने र बलात्कारीलाई पक्राउ गर्न हाम्रो दबाब निरन्तर हुनेछ । यो घटनाले सरकार कायर भएको पुष्टि भएको छ ।

leave a comment

Create Account



Log In Your Account