रत्न पुस्तक भण्डारबाट दुई पुस्तक बजारमा

रत्न पुस्तक भण्डारबाट दुई पुस्तक बजारमा

रत्न पुस्तक भण्डारबाट दुई पुस्तक बजारमा

रत्न पुस्तक भण्डारले दुई नयाँ पुस्तक बजारमा ल्याएको छ । विष्णु अधिकारीको ‘सारसङ्क्षेपमा पूर्वीय दर्शन’ र हस्तबहादुर थापा (पल्लीमगर)को ‘मेरो जीवनयात्रा’ बजारमा ल्याएको हो । अधिकारीको पुस्तक ‘सारसङ्क्षेपमा पूर्वीय दर्शन’मा १९ वटा दर्शनसम्बन्धी लेख छन् । उनले चारै वेद, उपनिषद्, रामायण, महाभारत, गीतासँग सम्बन्धित दर्शनबारे उल्लेख गरेका छन् । त्यस्तै बुद्ध, जैन दर्शन, चाइनिज सभ्यतालगायतलाई पनि नयाँ ढंगले व्याख्या गरेका छन् । १३५ पृष्ठको पुस्तकको मूल्य १९५ रुपैयाँ छ ।

‘मेरो जीवनयात्रा’ हस्तबहादुर थापाको आत्मकथा हो । यसमा उनले फौजमा बिताएका पाँच दशकलाई उतारेका छन् । हस्तबहादुरले नेपाल प्रहरी, सशस्त्र र बेलायती सेनामा काम गरेका थिए । उनी ०३४ सालमा संगीत प्रशिक्षकका रूपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए । यो पुस्तकको पृष्ठ संख्या २०४ र मूल्य ३०० रुपैयाँ छ ।

admin

leave a comment

Create Account



Log In Your Account