कतारका लागि नेपाली राजदूत फिर्ता

कतारका लागि नेपाली राजदूत फिर्ता

कतारका लागि नेपाली राजदूत फिर्ता

सरकारले कतारका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ । राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । मंगलबारको मन्त्रीपरिषद् बैठकले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

‘सरकारलाई आवस्यक लाग्यो त्यसैले फिर्ता बोलाको हो’, मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बास्कोटाले भने, ‘यसमा किन कसो भन्ने हुँदैन । सरकारको अधिकारको कुरा हो ।’

मन्त्री बास्कोटाले अहिलेसम्म काम गरेकोमा राजदूतलाई धन्यवादसमेत दिए । ‘अहिलेसम्म काम गर्नुभएकोमा राजदुतलाई धन्यवाद’, प्रवक्ता बास्कोटाले भने ।

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account