वर्षका अन्तिम सिनेमा : सफल होलान् कि असफल?

२०७५ सालको अन्तिम साता निकै आश गरिएको दुई फिल्म एकसाथ प्रदर्शनमा आएका भएका छन्। झरना थापाको निर्देशनमा बनेको फिल्म ए मेरो हजुर– ३ र सम्राट शाक्यको निर्देशनमा बनेको यात्रा : अ म्युजिकल भ्लग शुक्रबारबाट एकसाथ प्रदर्शनमा आएका हुन्।

झरनाकै छोरी सुहाना थापा र भुवन पुत्र अनमोल केसी स्टारर ए मेरो हजुर– ३ म्युजिकल लभ स्टोरी फिल्म हो। यसमा अनमोल गायकका रूपमा प्रस्तुत भएका छन् भने सुहाना उनकी फ्यान बनेकी छन्। अनमोलको स्टारडम र फिल्मको गीत तथा ट्रेलरका कारण अहिले यो फिल्म चर्चामा छ।

स्टार किड रजतपटमा उदाउने क्रममा उद्योगमा प्रवेश गरेकी सुहानालाई सम्भावना बोकोकी नायिकाका रूपमा हेरिएको छ। सुहाना फिल्मसको ब्यानरमा बनेको फिल्मका निर्माता सुनीलकुमार थापा हुन्।

यस्तै ए मेरो हजुर– २ बाट झरनाकै निर्देशनमा उद्योगमा डेब्यु गरेका सलिनमान बनियाँ अभिनीत फिल्म यात्रा झरनाकै फिल्मसँग जुध्न लागेको छ। यात्रामै आधारित विषयवस्तुमा बनेको फिल्ममा उनी भ्ल्गिस्टको भूमिका छन्।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा वज्राचार्य, धीरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय छ।

यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरू चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ। फिल्ममा बालकलाकारको रूपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन्।

कोटकी कालिका देवी फिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा कलाकार केशव भट्टराईसँगै चिजकुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन्।

admin

leave a comment

Create Account



Log In Your Account