तनाव व्यवस्थापन आफैँबाट

आजकल सबैले आफूमा धेरै महसुस गर्ने विषय नै तनाव हो। आफूमा तनाव छ र त्यसलाई व्यवस्थापन गर्नुपर्छ भन्ने पनि सबैलाई थाहा छ। तर, व्यवस्थापन हुन सकेको छैन भनेर धेरैले सुनाउने गर्छन्। व्यवस्थापन के हो? जुन कुरा आफूलाई आवश्यक छ त्यसलाई सही तरिकाले उपलब्धि हासिल हुनेगरी प्रयोग गर्नु व्यवस्थापन हो।

यसको सरल अर्थ आफूलाई चाहिने कुरा हामी व्यवस्थापन गर्दछौं। त्यसो हो भने तनाव हामीलाई आवश्यक छ र व्यवस्थापन गर्ने? यसलाई व्यवस्थापन गर्ने या नगर्ने जान्नुअगाडि तनाव के हो? जान्नु जरुरी होला। परिभाषा खोज्दै जाँदा शारीरिक या मानसिक रूपमा बेचैनी हुनु, चिन्ताग्रस्त हुनु तनाव हो भन्ने बुझिन्छ। बेचैनीले शारीरिक या मानसिक तनाव ल्याउँछ या तनाव भएपछि शारीरिक या मानसिक रूपमा बेचैनी भइन्छ? हामीले गहिराइबाट रोग पत्ता लगाउनुपर्छ।

अझ सरल भाषामा भन्ने हो भने आफ्नो जीवनप्रति भएका र गरेका कुनै पनि काम, कुरा र सफलता, असफलताप्रति सहमत नहुनु तनाव हो। कर्म गरेपछि परिणाम आइसक्यो र पनि स्वीकार छैन। कुनै घटना घटिसक्यो जसलाई रोक्ने सामथ्र्य हाम्रो हातमा छैन र पनि अस्वीकार छ, त्यो नै तनाव हो। ओशो भन्नुहुन्छ, ‘तिमी जे छौ त्यसलाई स्वीकार गर्न चाहन्नौ, जे छैनौ त्यो बन्न चाहन्छौ तर यो सम्भव छैन। यही नै तिम्रो तनावको कारण हो।’

तनाव कसरी सिर्जना हुन्छ त? हाम्रो काम, हाम्रो शरीर एक ठाउँमा छ तर मन अर्कै ठाउँ पुगिसकेको हुन्छ यही नै तनावको कारण हो। मन स्थिर नभएर अस्थिरताको अवस्था, असन्तुलनको अवस्था तनावको अवस्था हो। त्यसैले मेरो मन, मष्तिस्कमा के कुरा खेलिरहेछ, के सोचिरहेछु, म मनकै पछाडि, विचारकै पछाडि दौडिरहेछु कि छैन?

त्यो ठीक छ या छैन? भन्ने कुरा जानेर आफैंलाई व्यवस्थापन गर्न जानेमा तनाव उत्पन्न हुनै पाउँदैन। रोगको कारण तनाव होइन कि तनावको कारण रोग हो। हामीले वास्तविकता बुझ्नै खोजेका हुँदैनौं। तनावलाई प्राथमिकता दिँदै जाँदा यो बढ्दै जानु स्वाभाविक नै हो। धेरैजसोले भन्ने गर्छन् तनाव नभएको त मानिस नै हुँदैन।

धेरै थोरै तनाव सबैमा हुन्छ। आफ्नो समग्र विकासका लागि पनि तनाव आवश्यक छ, आदि आदि सुन्नमा आउँछन्। हामीले हाम्रो सोचद्वारा नै तनाव निम्त्याउँछौं, यो आवश्यक ठान्दछौं र त यो आउँछ। अन्यथा तनाव नभएको मानिस पनि बन्न सक्छौं हामी त्यसको लागि आफूलाई, आफ्नो मनलाई, आफ्नो स्वभावलाई, बानीव्यवहारलाई, आचरणलाई व्यवस्थापन गर्नुपर्छ।

कतिपय मानिसले तनावबाट आफू मुक्त हुनै नसक्ने मान्यता बनाएका हुन्छन्। तनावले आफूलाई जितिरहेको र आफूले तनावलाई जित्न असम्भव हुने ठान्छन्। यो विल्कुल अज्ञानता हो। तनाव हामीले नजानिँदो तरिकाले आर्जन गरेको आफ्नै आर्जन हो। मनोवैज्ञानिकहरूले तनाव दुई किसिमका हुन्छन् युस्ट्रेस (सकारात्मक तनाव) तथा डिस्ट्रेस (नकारात्मक तनाव) भनेर व्याख्या गरेका पनि छन्।

जसमा युस्ट्रेसले जीवनमा गर्न चाहेको महŒवपूर्ण काम, जिम्मेवारी पूरा गर्ने, अध्ययन, व्यापार व्यवसाय जस्ता योजना बनाई त्यो लक्ष्य पूरा गर्न तल्लिन हुने तनावलाई जनाउँछ। यो तनाव लक्ष्य हासिल गर्न सघाउ पु¥याउँछ भनेर व्याख्या गरिएको छ। तर डिस्ट्रेसले भने म जीवनमा केही गर्नै सक्दिन।

मलाई जीवनमा कसैले सहयोग गरेनन्, मैले धन, पद कमाउन सकिन, कसैले मलाई प्रेम गर्दैन जस्ता नकारात्मक धारणा विकसित गराउने काम गर्छ जसको कुनै गणितीय समाधान छैन। यो नकारात्मकतालाई हटाई म सक्छु, म गर्छु, मैले पाइरहेको छु भन्ने सकारात्मक धारणा विकास गर्नैपर्छ। मानिस होशपूर्ण, प्रज्ञापूर्ण, सचेत, जागरुक र प्रेमल हुन सक्यो भने तनाव उत्पन्न हुनै सक्दैन। अवश्य, तनाव आफ्नो कारणले मात्र नभएर बाहिरी प्रभाव, बचपनमा डरलाग्दा घटना तथा पारिवारिक सम्बन्ध, आचरण, खानपान, संगत विविध कारणले उत्पन्न हुने गर्छ।

तर यसको निवारणको उपाय भनेको आफैंमा समझको विकास हुनु नै हो। जुन कुरा आफ्नो हातमा छैन त्यसप्रति तनाव लिएर कुनै फाइदा हुँदैन। मानसिक रूपमा नकारात्मक सोचको विकास गर्नु, नकारात्मक ऊर्जा फैलाउनु, नकारात्मक कुरामा चासो दिनु र कुलत त्याग्न नसक्नु तनावका कारण हुन्। अरूका कुरा र व्यवहारलाई हामी व्यवस्थापन गर्न सक्दैनौं तर ती कुराहरूबाट आफू जोगिएर बस्न भने सक्छौं। यही नै आफैंले आफैंलाई व्यवस्थापन गर्ने सही तरिका हो।

शरीरमा उत्पन्न नकारात्मक ऊर्जाले शरीरका हर्मोनलाई समेत प्रभाव पार्छन् र तिनैले बेखुसी, आलस्य, अनिद्रा, अधैर्यतामा पु¥याउँछन्। त्यसको विपरीत शरीरमा सकारात्मक ऊर्जा उत्पन्न भयो भने शरीरमा खुसी, आनन्द, शान्ति, प्रेम मिल्ने हर्मोनको विकास हुन्छ। असीमित इच्छाको पछाडि दौडिनु नै तनावको अर्को कारण हो भने इच्छाको पछाडि होइन हाम्रो आवश्यकता के हो, ती आवश्यकता पूरा भएका छन् कि छैनन् बोध हुन सक्यो भने तनाव उत्पन्न हुनै सक्दैन।

जीवनमा गरिने ठूला काम र तिनले जन्माउने ठूला अपेक्षा नै तनावका कारण हुन्। जीवनमा गरिने सानातिना काम र ती परिस्थितिमा होशपूर्ण हुने अभ्यास खुसी, आनन्दित र प्रेमल रहने उपाय हुन्। चन्द्रमामा टेक्न नसकेर मानिस दु :खी होला तर पूर्णिमाको रातमा पूर्णचन्द्रलाई पाँच मिनेटसम्म एक टक लगाएर हेर्ने र त्यसको आनन्द लिने व्यक्ति कहिल्यै तनावमा जानै सक्दैन।

आकाशका तारा खसाल्ने प्रण गरेको व्यक्तिले तारा खसाल्यो खसालेन थाहा छैन तर पाँच मिनेट आकाशका तारालाई होशपूर्ण हेर्न सक्यो भने ऊ आफूभित्र शान्ति र आनन्दको अनुभूति गर्नेछ। परिवारलाई देश विदेश घुमाउन नसकेर दु :खी बन्नु पर्दैन, महिनामा एकदिन परिवार भएर सिनेमा जाने या बनभोज जाने, कुनै नजिकको पार्कमा गएर सँगै खाने, खेल्ने, भलाकुसारी गर्ने र एक अर्काका कुरा सुन्ने ग¥यो भने सबै गुनासा र अपेक्षा खुसीमा परिणत हुन्छन्।

साथीभाइमा ईश्या र प्रतिस्पर्धाको सट्टा प्रशंसा र बेलामौकामा भेटेर एक कप कफीको साथमा गरिने हँसिमजाकले जीवनभरलाई प्रेम ऊर्जा प्रदान गर्छ। तनाव हुँदा शारीरिक, मानसिक र भावनात्मक रूपमा कस्तो नकारात्मक असर गर्छ सबैलाई थाहा छ तर सकारात्मक सोचद्वारा ती असरलाई कसरी परास्त गर्ने र जीवनलाई आनन्दित बनाउने भन्ने बारेमा त्यति सोचेको पाइँदैन। अँध्यारो कोठामा बत्ती बालेपछि अन्धकार कसरी भाग्यो थाहै नपाए जस्तै ध्यानरूपी बत्तीले अज्ञानतारूपी अन्धकार हटाउने कला जान्न सके तनाव भन्ने शब्द हामीले प्रयोग गर्नुपर्ने अवस्था नै रहँदैन।

तनाव होइन आफैंलाई व्यवस्थापन गर्ने कला हो —आफूसँग जे छ त्यो नदेख्ने र जे छैन त्यसप्रति आशक्ति हुने स्वभाव परास्त गर्नु। सबैले आफूसँग भएको मौलिक गुण र क्षमता पहिचान गर्न भुलेर अरूको प्रतिष्ठा र पदलाई खुसी देख्ने प्रवृत्ति त्याग्नु। आन्तरिक स्थिरता, कोमलता, शान्ति र स्वतन्त्रता हाम्रा आन्तरिक सम्पदा हुन्, यो सम्पदालाई भोग्नुजस्तो खुसी अरू के होला भन्ने ज्ञान राख्नु। आफ्नो अहंकारप्रति जागृत हुनु र सरल एवं सहज जीवन बिताउने कोशिस गर्नु।

आत्मविश्वास बढाउने र बाहिरी विकास भन्दा आत्मविकासमा जोड दिनु। एकाग्रता, एकान्त, शान्त र ध्यानमय वातावरणमा दैनिक एक घन्टा समय बिताउने। आवश्यक मात्रामा शारीरिक परि श्रम गर्ने र मानसिक रूपमा वि श्राम लिने। प्रतिकूल परिस्थितिमा परिस्थिति बदल्न होइन आफ्नो मनस्थिति बदल्न कोशिस गर्ने। जीवनशैली नै सकारात्मक र असल आचरणमा बिताउन संकल्प गर्ने।

admin

leave a comment

Create Account



Log In Your Account