डोजर अघिअघि गाडी पछिपछि, सडक उधारो

थाप्लोमा भारी बोकेर नुन तेल ढुवानी गर्ने जिल्लाका अधिकांश ग्रामिण समुदायका स्थानीय नागरिकहरु गाउँमा गाडी कहिले पुग्ला र थाप्लोको भारी बिसाउन पाइएला भन्ने आशामा रहेका छन् । मुलुक संघीय संरचनामा गएपछि स्थानीय सरकारले गाउँ– गाउँमा सडक सञ्जालले जोड्ने कार्यलाई उच्च प्राथमिता दिएका छन् ।

कालिकोटमा डोजरमार्फत सडक निर्माण कार्यलाई तीब्रता दिने दिइरहेका बस्तीहरु डोजर अघिअघि गाडी पछिपछि लैजाने अभियान नै चलेको छ । डोजरले सामान्य ट्याक खोलेका सडकममा पनि गाडी गुडाउन स्थानीय उपभोक्ताहरुको चाहाना अनुसार डोजरसँगै गाडी गुडाउने अभियान चलाइएको हो ।

शनिबार जिल्लाको पचालझरना गाउँपालिका– ८ को खडीतोलीमा पहिलो पटक गाडी पुग्यो । चिरञ्जीवी निर्माण सेवाको डोजरमार्फत उदारो खनिएको सडकमा डोजर अघिअघि गाडी पछिपछि गाउँमा पुग्दा स्थानीयले खुसीयाली नै मनाए । डोजर, गाडी र मोटरसाइकललाई स्वागत गर्न स्थानीयको भीड नै लाग्यो । उनीहरुले गाउँमा पहिलो पटक गाडी पुगेको अवसरमा खसी काटेर भोज खाइ खुसीयाली मनाए ।

गाउँका सबैभन्दा जेष्ठ नागरिक प्रशुराम संज्यालको अध्यक्षता तथा नेकपाका नेता चन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा स्थानीय दिन भर रमाए । स्थानीय विद्यालयमा अध्यायनरत बालबालिकाले विभिन्न सांस्कृतिक प्रस्तुती प्रदर्शन गरे । स्थानीय महिलाहरुले देउडा, झोडा चुट्किला र मागल गाएर गाडीको स्वागत गरे । जसमा गाँउमा नियमित यातायात सेवा सञ्चालन होस, सडक दुर्घटना नहुन भन्दै कुलदेवतासँग प्रार्थना गरे। उनीहरुले सडकको स्त्तोरोन्नतीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

कर्णाली करिडोर अन्तरगत भैसासैनदेखि खडीतोलीसम्मको ११ किलोमिटर सडकमा पचालझरना गाउँपालिकाबाट दुई आर्थिक वर्षमा गरी १ करोड १० लाख बजेट भुक्तानी गरिएको छ । जुन बजेट प्राविधिक स्टमेटअनुसार भैसासैनदेखि बाह्र पाथेसम्मको ६ किलोमिटर सडकमा सकियो । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीप्रसाद संज्यालले भने, ‘त्यस भन्दा माथिको करीब पाँच किलोमिटर सडक उदारो खनेका छौ।’ गाँउपालिकाले अर्को अािर्थक वर्षमा प्राविधिकले निकालेको परिमाणका आधारमा भुक्तानि दिने सहमति गरिएको छ ।

चिरञ्जीवी निर्माण सेवाका प्रोप्राईटर मुक्तप्रसाद संज्यालले गाँउपालिका र सडक निर्माण उपभोक्ता समितिको समन्वयमा अर्को आर्थिक बर्षमा काम गरेको भुक्तानी पाउने गरी सडक खनिएको बताए । खडितोलीदेखि साविकको नानिकोटसम्मको थप चार किलोमिटर जति सडक खन्ने कार्य जारी छ । अबको दुई महिनाभित्र सबै सडक निर्माण पूरा हुनेछ ।

नेकपाका नेता चन्द्रबहादुर शाहीले गाँउपालिकाको अवरोधका बाबजुद स्थानीयको मागअनुसार गाउँमा गाडी पु¥याउन उदारो सडक खनिएको बताए । गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले चालु आर्थिक वर्षमै भैसासैन खडितोली सडकमा कर्णाली प्रदेश सरकारले समान्नीकरण अनुदानमार्फत ४० लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account