हुवावेको ‘फाइभ जी’ परियोजना

हुवावेको ‘फाइभ जी’ परियोजना

हुवावेको ‘फाइभ जी’ परियोजना

पछिल्लो समय ‘फाइभ जी’ विश्वभर चर्चामा छ। दु्रत गतिको मोबाइल इन्टरनेट सेवा फाइभ जीको विषयमा चर्चा चलिरहँदा चाइनिज कम्पनी हुवावेले ‘सिम्प्लिफाइड फाइभ जी’ परियोजनाको रणनीति सार्वजनिक गरेको छ। आउँदो सोमबारदेखि सुरु हुने मोबाइल वल्र्ड कंग्रेसको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा कम्पनीले आफ्नो रणनीति सार्वजनिक गरेको हो। मोबाइल नेटवर्क विकासका लागि नेटवर्क सहजीकरण, अटोमेसन र बिजनेस सहजीकरण नै प्रमुख तीन पाटो भएको भन्दै हुवावेले ‘सिम्प्लिफाइड फाइभ जी’ परियोजना सार्वजनिक गरेको छ।

‘हामी नयाँ युगमा प्रवेश गर्दै छौं’, हुवावे वायरलेस सोलुसनका बजार प्रबन्धक प्रमुख पिटर झाउले भने, ‘फाइभ जीको विकास र अटोमेसनको व्यवसायीकरण एकै समयमा सुरु भएको छ। जुन रूपमा अटोमेसनको विकास भएको हो त्यसको विस्तारका लागि फाइभ जी आवश्यक छ।’ तर, यो पहिलो पटक नै हो, संरचना तयार हुँदा पनि त्यसअनुसार नेटवर्क तयार हुन सकेको छैन। थ्री जी नेटवर्क विकास भएको पाँच वर्षपछिमात्रै त्यसको क्षमताअनुसार संरचना पूर्णरूपमा तयार भएको थियो। थ्री जी सुरु नेटवर्क विकास भएको पाँच वर्षपछि मात्रै मान्छेले थ्री जीको उच्चतम प्रयोग गरेका थिए। फोर जीको अवस्था पनि उस्तै हो। फोर जी नेटवर्क विकास भएको दुई वर्षपछि मात्रै यसको पूर्ण क्षमताअनुसार प्रयोगमा आएको उनले बताए।

अहिले फाइभ जीका लागि संरचना तयार भइसकेको छ। तर, फाइभ जी नेटवर्कको विकास हुन नसकेको अवस्था छ। यही तयार संरचनाले गर्दा पनि फाइभ जीको विकासमा अहिले तीव्रता आएको हो। अहिले विश्वमा थ्री जी र फोर जी नेटवर्क प्रयोगकर्ता ५० करोडको क्रमशः १० वर्ष र पाँच वर्षको अवधिमा पुगिसकेको छ। यो संख्या फाइभ जीले तीन वर्षको अवधिमै पूरा गर्ने अनुमान गरिएको छ।

मोबाइल नेटवर्क विकासका लागि सहजीकरण, अटोमेसन र बिजनेस सहजीकरणसहित हुवावेले ‘सिम्प्लिफाइड फाइभ जी’ परियोजना सार्वजनिक गरेको छ।

‘फाइभ जी अहिले अभूतपूर्व तीव्र विकासको क्रममा छ’, झाउले भने, ‘हुवावे फाइभ जीको विकास चुनौतीको सामना गर्दै सरलीकरण गर्ने काम गर्दै छ। हामी फाइभ जीको विकासमा सिस्टमिक इनोभेसनका साथ जतिसक्दो चाँडो बाटो खोल्न चाहन्छौं।’ त्यसैको फलस्वरूप हुवावेले नेटवर्क सहजीकरणको काम गरेको हो। फाइभ जीको युगमा मल्टी–आरएटी (२जी/३जी/४जी/५जी) को नेटवर्क व्यवस्थापनमा ठूलो चुनौती हो। यसका लागि सञ्चालन तथा मर्मत खर्चमा ठूलो रकम आवश्यक पर्छ। त्यसैले सामान्य भ्वाइस सेवा, आईओटी र डाटा सर्भिस एलटीई नेटवर्कमा सर्नेछ। एलटीईलाई आवश्यक नेटवर्कको रूपमा विकास गर्नुपर्नेछ। त्योभन्दा पनि अवको भविश्य भनेको ‘एलटीई प्लस एनआर’ हो। जसले आरएटीलाई सहजीकरण गर्न मद्दत पुग्ने उनले बताए।

फाइभ जीको युगमा साइट निर्माण सहज हुनेछ। ‘सुपर ब्लेड साइट सोलुसन’को विकास गरेको छ। अहिलेको साइटले ठूलो संख्याको फुटप्रिन्ट, उच्च इनर्जी खपत र असहज सञ्चालन तथा मर्मतजस्ता चुनौती देखा परेका छन्। यो समस्या समधान गर्न ‘सुपर ब्लेड साइट सोलुसन’ले अहिलेको साइटमा रहेको सम्पूर्ण रिसोर्सलाई प्रयोग गरी साइट विकासमा सहजता ल्याउनेछ। फाइभ जीको युगमा साइट निमार्ण गर्ने काम सहज हुनेछ। यसमा ब्लेडले माग्ने फुटप्रिन्ट आवश्यक पर्ने छैन। यसले साइट निमार्णको लागतमा समेत कमी हुने कम्पनीले जनाएको छ।

परियोजनाको रणनीति सार्वजनिक गर्ने क्रमम हुवावेले स्वायत्त ड्राइभिङ मोबाइल नेटवर्क निर्माणका लागि आर्किटेक्चर पनि प्रस्तुत गरेको थियो। जसले मोबाइल नेटवर्कलाई बढीभन्दा बढी स्वचालित गर्ने जनाएको छ। उक्त अवसरमा कम्पनीले विभिन्न सिरिजमा स्वायत्त ड्राइभिङ मोबाइल नेटवर्क सार्वजनिक गरेको छ। त्यसमा एमबीबी अटोमेसन इन्जिन एउटा हो। जसले मोबाइल नेटवर्कको ब्रेनका रूपमा काम गर्ने जनाइएको छ। जसले नेटवर्क व्यवस्थापन र नियन्त्रण स्वचालित रूपमा गर्न मद्दत पुग्ने जनाइएको छ। मोबाइल नेटवर्कलाई जतिधेरै स्वचालित बनायो त्यति नै धेरै सुरक्षित, सहज र प्रभावकारी हुने भन्दै कम्पनीले यसको निर्माण गरेको जनाएको छ। यसले सञ्चालन र व्यवस्थापनको लागतसमेत कम गर्ने कम्पनीले जनाएको छ।

admin

leave a comment

Create Account



Log In Your Account