यात्रामा फेरिएको चट्ट रुमाल

यात्रामा फेरिएको चट्ट रुमाल

यात्रामा फेरिएको चट्ट रुमाल

यात्रा – अ म्युजिकल भ्लग फिल्मको ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको छ । झन्डै डेढ दशकअघि शिव रेग्मी निर्देशित सुपरहिट फिल्म आफ्नो मान्छेमा समाविष्ट सो गीतलाई रि–एरेन्ज गरी यात्रामा समावेश गरिएको हो ।

पहिलाको गीतमा शम्भुजित बास्कोटा र साधना सगरमको स्वर थियो भने अहिले सो गीतलाई धर्मेन्द्र सेवान र मेलिना राईले गाएका छन् । बाबुराम दाहालको शब्द र प्रवीण सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा सलिनमान बनियाँ, सलोन बस्नेत, मलिका महत, जाहान्वी बस्नेतलगायतका कलाकारलाई नृत्य गराइएको छ । पहिलाको गीतमा श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहले नृत्य गरेका थिए ।

गीत सार्वजनिक कार्यक्रममा पुरानो चट्ट रुमालका सर्जकहरू संगीतकार शम्भुजित बास्कोटा, नृत्यनिर्देशक राजु शाह तथा दिवंगत श्रीकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो । श्रीकृष्णको सम्मान उनकी पत्नी श्वेता खड्काले ग्रहण गरेकी थिइन् । निर्माता केशव भट्टराईले सो गीतसँग जोडिएका गायिका साधना सरगम, रचनाकार बाबुराम तथा आफ्नो मान्छेका निर्देशक स्वर्गीय शिव रेग्मीको सम्मान उनीहरूको परिवारसमक्ष पुर्‍याउने जानकारी दिए ।

चैत २९ गते प्रदर्शन हुने यात्रालाई डेब्यु निर्देशक सम्राट शाक्यले निर्देशन गरेका हुन् । केशव भट्टराई, सुशील पोखरेल, चिजकुमार श्रेष्ठ, मुक्ति भट्टराई, सर्जुमान लिगल, विक्रम पराजुलीलगायतले निर्माण गरेको फिल्ममा सलिनमान, सलोन, मलिकाका साथमा जाहान्वी बस्नेत, जयनन्द लामा, धीरेन शाक्य, राजाराम पौडेल, देशक्त खनाल, कमल मैनालीलगायतले अभिनय गरेका छन् । सञ्जय लामाले खिचेको फिल्मका गीतमा शम्भुजित बास्कोटा, प्रतीक पौडेल र कोविद बज्रको संगीत छ।

admin

leave a comment

Create Account



Log In Your Account