ओस्कार अवार्ड : ग्रीन बुक बन्यो सर्वोत्कृष्ट फिल्म

ओस्कार अवार्ड : ग्रीन बुक बन्यो सर्वोत्कृष्ट फिल्म

ओस्कार अवार्ड : ग्रीन बुक बन्यो सर्वोत्कृष्ट फिल्म

९१ औँ एकेडमी अवर्ड ‘ओस्कर’ मा यस वर्ष ‘ग्रीन बुक’ सर्वश्रेष्ठ फिल्म घोषित भएको छ । यो वर्ष २४ विधामा ओस्कार अवार्ड दिइएको हो ।

मेक्सिकन फिल्म रोमालाई तीन र फ्रेडी मरक्युरीको जीवनमा आधारित बोहेमियन र्‍पसोडीलाई सबैभन्दा धेरै चार विधामा ओस्कर अवार्ड मिलेको छ । ३० वर्षपछि पहिलो पटक यो कार्यक्रम सञ्चालकबिना नै आयोजना गरियो

यस पटकको सर्वोत्कृष्ट फिल्म ग्रीन बुक निर्देशक पिटर फ्यारेलीको एक पिरियड फिल्म हो। यो डा. डन शिरले नामका एक प्रख्यात अफ्रिकन अमेरिकन पियानोवादक र उनका ड्राइभर टोनी लिपको सम्बन्धमा आधारित छ । यो फिल्मसँग रोमा, द फेवरिट, ब्ल्याक प्यान्थर, अ स्टार इज बोर्न र बोहेमियन र्‍पसोडीले कडा प्रतिस्पर्धा गरेका थिए ।

यस वर्ष ‌ओस्कर अवार्ड कमेडियन केविन हार्टले सञ्चालन गर्ने तयारी थियो । तर समलैङ्गिकविरुद्ध उनको ट्वीट्का कारण भएको विवादले आयोजकले उनलाई यो कार्यक्रमको सञ्चालन गर्नबाट रोके । पछिल्ला २ वर्षयता सेरेमनी जिम्मी किमेलले यो कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

यो पटक भारतीय निर्माता गुनीत मोङ्गाको फिल्म ‘पिरियड-एन्ड अफ सन्टेन्स’ लाई ‘बेस्ट डक्युमेन्ट्री सर्ट सब्जेक्ट’ विधामा ओस्कर मिलेको छ। गुनीतले मसान र ग्याङ्ग्स अफ वासेपुर जस्ता फिल्म बनाएर चर्चा कमाएका थिए ।

ओस्कर विजेताको पूरा सूची

क्रं.सं.

विधा

विजेता

उत्कृष्ट चलचित्र

ग्रीन बुक

उत्कृष्ट नायक

र्‍यामी म्यालेक (बोहेमियन र्‍यापसोडी)

उत्कृष्ट नायिक

ओलिभिया कोलम्यान (द फेवरिट)

उत्कृष्ट निर्देशक

अल्फोन्सो कुओराम (रोमा)

सह नायक

मह्यारशाला अली (ग्रीन बुक)

सह नायिका

रेजिना किङ्ग (इफ बील स्ट्रीट कुड टक)

ओरिजनल स्क्रिनप्ले

निक भ्यालेलोङ्गा, ब्रियान करी, पीटर फ्यारेली (ग्रीन बुक)

अडाप्टेड स्क्रिनप्ले

ब्ल्याकक्ल्यान्सम्यानन (स्पाइक ली, डेविड रेबिनोविट्ज, चार्ली वाशेल र केविन विलट)

उत्कृष्ट सिनेमेटोग्राफी

रोमा (अल्फोन्सो कुआरोन )

१०

प्रोडक्शन डिजाइन

ब्ल्याक प्यान्थर (हना बेचलर र ज्या हार्ट)

११

कस्ट्युम डिजाइन

ब्ल्याक प्यान्थर (रुथ कार्टर)

१२

फिल्म सम्पादन

बोहेमियन र्‍यासोडी (जोन ओटम्यान)

१३

विदेशी भाषाको फिल्म

रोमा (मेक्सिको)

१४

डकुमेन्ट्री फिचर

फ्री सोलो

१५

डकुमेन्ट्री सर्ट

पिरियड एन्ड अफ सेन्टेन्स (गुनीत मोङ्गा एन्ड टीम)

१६

एनिमेटेड फिचर फिल्म

स्पाइडर म्यान: इनटू द स्पाइडर वर्स

१७

एनिमेटेड सर्ट फिल्म

बाओ

१८

लाइभ एक्सन सर्ट फिल्म

स्किन

१९

ओरिजनल स्कोर

ब्ल्याक प्यान्थर (लुडविग गोरैनसन)

२०

ओरिजनल गीत

शैलो (अ स्टार इज बोर्न – लेडी गागा)

२१

भिजुअल इफेक्ट्स

फर्स्ट म्यान

२२

मेकअप र हेयर

वाइस

२३

साउन्ड एडिटिङ्ग

बोहेमियन र्‍यापसोडी

२४

साउन्ड मिक्सिङ

बोहेमियन र्‍यापसोडी

admin

leave a comment

Create Account



Log In Your Account