अवार्ड जित्दा भावुक गागा

अवार्ड जित्दा भावुक गागा

अवार्ड जित्दा भावुक गागा

चर्चित अमेरिकी गायिका लेडी गागाले फिल्म ‘अ स्टार इज बर्न’को गीत ‘स्यालो’बाट उत्कृष्ट ओरिजिनल गीत विधाको अवार्ड जितिन् । गागाको यो पहिलो ओस्कर अवार्ड हो । उनले यो पुरस्कारलाई सहलेखक मार्क रोनसन, एन्ड्रयु ह्वाइट र एन्थोनी रोसोमान्डोको पनि भएको बताएकी छिन् । अवार्ड लिँदा लेडी गागा भावुक भएकी थिइन् । उनका आँखाबाट आँसु खसिरहेका थिए ।

उनले ओस्कर एकेडेमी, सहलेखक तथा आफ्नो परिवारलाई धन्यवाद दिइन् । गागाले आफ्नो सहअभिनेता तथा निर्देशक ब्राडली कपुरलाई आफूमाथि र आफ्नो गीतमाथि विश्वास गरेको भन्दै कृतज्ञ रहेको बताइन् । उनले भनिन्, ‘यदि तपाईंले अहिले देखिरहनुभएको छ भने मैले भन्नुपर्छ कि यो लामो समयदेखिको मिहिनेत हो, अवार्ड जित्नका लागि मात्र होइन कि तपार्इंले आफ्नो सपनालाई छाड्नुहुँदैन ।’ योभन्दा पहिले धेरैपटक लेडी गागा ओस्कारका लागि छनोट भएकी थिइन्, तर अवार्ड भने जितेकी थिइनन् ।

admin

leave a comment

Create Account



Log In Your Account