मुख्यमन्त्री पौडेल भन्छन् : स्थानीय तहका जनप्रतिनिधि डोजर मालिक र ठेकेदार बने

मुख्यमन्त्री पौडेल भन्छन् : स्थानीय तहका जनप्रतिनिधि डोजर मालिक र ठेकेदार बने

मुख्यमन्त्री पौडेल भन्छन् : स्थानीय तहका जनप्रतिनिधि डोजर मालिक र ठेकेदार बने

तीनै सरकारबीच समन्वय नहुँदा देशमा समस्या आइरहेको प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर मात्र जनसरोकारका विषयलाई समाधान गर्न सकिने मुख्यमन्त्री पौडेलले बताए ।

नुवाकोट र रसुवा भ्रमणमा रहेका मुख्यमन्त्री पौडेलले सोमवार विदुरमा आयोजित अन्तरक्रियामा तीनै सरकारबीच समन्वय नभए गन्तव्यमा पुग्न नसक्ने दाबी गरे । उनले जनताका सवाललाई पुरा गर्न सर्वप्रथम स्थानीय तथा प्रदेश तहका कार्यालयमा कर्मचारी उपस्थित हुनुपर्ने बताए ।

उनले कर्मचारी अभावमा प्रदेशले बजेट खर्च गर्न नसकिरहेको उल्लेख गर्दै ५७ हजार कर्मचारी केन्द्रमा राखिँदा प्रदेशका मन्त्रालय एकजना इन्जिनयर मात्र हुँदा बजेट खर्च हुन नसकेको बताए ।

स्थानीय, प्रदेश तह सन्चालनको मुख्य आधार कर्मचारीको पदपुर्ति हुन नसकेपछि समस्या परिरहेको मुख्यमन्त्री पौडेलले वताए । ‘आवश्यक कर्मचारी प्रदेश– स्थानीय तहमा नजाँदा संघीयता कार्यान्वयनको सवाल चुनौती बनेको छ’, उनले भने, ‘हरेक स्थानीय तहमा प्राविधिक शिक्षालय र उद्योग स्थापना गर्ने सरकारको योजना छ । तर, कर्मचारी नै नभएपछि योजना अलपत्र पर्ने आशंका सिर्जना भएको छ ।’

स्थानीय तथा प्रदेश सरकारको मुल समस्या कर्मचारी भएकाले यो बुझेर संघीय सरकारले सहयोग गरिदिनुपर्ने पौडेको भनाइ छ । उनले पहिलो प्राथमिकता राष्ट्रिय सडकबाट गाउँ पालिका केन्द्र जोड्ने सडक र त्यसपछि वडा तहसम्म पुग्ने सडक निर्माणलाई प्राथमिकता दिनु पर्ने बताए ।

जनप्रतिनिधि व्यवसायी

स्थानीय तहको निर्वाचन भएको २२ महिनाको अवधिमा स्थानीय तहका अधिकांश जनप्रतिनिधि निर्माण व्यवसायी भएको ठहर गर्दै मुख्यमन्त्री पौडेलले उनीहरुलाई निर्माण व्यवसाय नगर्न निर्देशन दिए ।

निर्वाचनपछि ६० प्रतिशत भन्दा बढी जनप्रतिनिधि निर्माण व्यवसायी बनेर डोजर, स्काभेटरलगायतका उपकरण खरिद गर्नमात्र उद्यत रहेको गुनासो आएकाले त्यसो नगर्न स्थानीय तह र प्रदेशका जनप्रतिनिधिलाई पौडेलले निर्देशन दिए । बने

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account