६ सय ६२ सहसचिव समायोजनको सूची सार्वजनिक

६ सय ६२ सहसचिव समायोजनको सूची सार्वजनिक

६ सय ६२ सहसचिव समायोजनको सूची सार्वजनिक

सरकारले ६ सय ६२ सहसचिवको समायोजनको सूची सार्वजनिक गरेको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले संघमा समायोजन भएका ५६० र प्रदेशमा समायोजन भएका १०२ जना सह–सचिवको सूची सार्वजनिक गरेको हो। 

सहसचिवसहित नै ५६ सचिव, ४ उपसचिव र २८८९ शाखा अधिकृतको समयोजन भइरहेको छ। समायोजन गरिएका सहसचिव, उपसचिव र शाखा अधिकृतको समायोजनको पत्र तयार भइरहेको छ।

सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो।

सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ। सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ।

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account