किन कमजोर इन्जिनियरिङ परामर्श?

किन कमजोर इन्जिनियरिङ परामर्श?

किन कमजोर इन्जिनियरिङ परामर्श?

भौतिक संरचना समृद्धिका आधार हुन्। भौतिक संरचना निर्माणका तीन मुख्य खम्बा छन्– लगानीकर्ता, परामर्शदाता र निर्माण कम्पनी। जबसम्म यी तीनै पक्ष बलिया हुँदैनन् तबसम्म गुणस्तरीय भौतिक संरचना निर्माण हुँदैन। आयोजना समयमा सम्पन्न हुँदैन र लागत रकम अनुमानितभन्दा अनेपक्षित रूपमै बढ्ने सम्भावना सधैं रहन्छ। यी तीनवटै पक्षलाई बलियो बनाउन नसक्नु नै नेपालको समृद्धि यात्राका लागि वाधक बनिरहेको छ।

नेपालमा साना– ठूला निर्माण र परामर्शदाता कम्पनीहरूले दशकौंदेखि काम गरिरहेका छन्। तर पनि हाम्रा निर्माण कम्पनी र परामर्शदाता कम्पनीहरूलाई नेपाल सरकारका विभिन्न निकाय र ठूला लगानीकर्ताले अझै पत्याउन सकेको देखिँदैन। यी कम्पनीहरूले पनि आफूहरूलाई आवश्यक मात्रामा समयानुकूल परिवर्तन र स्तरोन्नति गर्न सकेको देखिँदैन। तर विदेशी निर्माण कम्पनी र परामर्शदाता हुँदैमा आयोजना सफल हुन्छ भन्नु गलत सोच हो।

विदेशी निर्माण कम्पनी र परामर्शदाता हुँदाहुँदै पनि आयोजना निकै सुस्त भएका उदाहरण त मेलम्ची आयोजना, मध्य मस्र्याङ्दी र चमेलिया जलुविद्युत्लगायतका धेरै आयोजना छन्। ती आयोजनाको काम समयमा सकिएको त छैन नै, लागत पनि अकासिँदै गइरहेको छ। यसको मुख्य कारण व्यवस्थापकीय कमजोरी र कन्ट्र्याक्ट व्यवस्थापना गर्न नसक्नु हो।

नेपाली परामर्शदाता भएका सडक विभागअन्तर्गतका कैयन् पुल निर्माण आयोजना पनि निर्माण कम्पनी र सडक विभागकै कारणले अलपत्र परिरहेका छन्। तसर्थ समयमा निर्माण सम्पन्न गर्न र गुणस्तरीय निर्माण गर्न तीनै पक्ष उत्तिकै सबल र सक्षम हुन जरुरी छ। नेपालको सन्दर्भमा निजी क्षेत्रका आयोजनाहरू समयभित्रै र अनुमानित लागतभित्रै सम्पन्न हुने गरेका छन् भने अधिकांश सरकारी आयोजनामा ढिलाइ र लागत बढ्ने समस्या दोहोरिइरहेको छ।

विशेषगरी विद्युत् प्राधिकरण, सडक विभाग र सिँचाइ विभागजस्ता सरकारी निकायका इन्जिनियरहरू लामो समयदेखि विभिन्न आयोजनामा विदेशी परामर्शदातासँग सहकार्य गर्दै क्षमता अभिवृद्धि गरिरहेका छन्। यो कार्य निरन्तर जारी छ। उनीहरू ‘अन द जब ट्रेनिङ’ भन्दै केही महिनाका लागि विदेश पनि जाने गरिरहेका छन्। तर पनि ती जनशक्ति आफैं आयोजना हाँक्ने क्षमतामा पुग्न सकेको देखिँदैन।

जागिरे जीवनभर विदेशी परामर्शदातासँग तालिम र क्षमता अभिवृद्धि भन्दै सहभागी हुने र क्षमता अभिवृद्धि गरेर देशलाई केही सेवा प्रदान नगर्ने प्रवृत्ति नै बनिसकेको छ। सेवानिवृत्त भएपछि तिनै दक्ष जनशक्तिले विदेशी कम्पनीका लागि नेपाल प्रतिनिधि बनी वा उनीहरूकै लागि काम गर्ने गरेका थुप्रै उदाहरण छन्।

देशकै ठूला आयोजना मध्यकाली गण्डकी र मध्य मस्र्याङ्दीमा नेपाल विद्युत् प्राधिकरणका कैयन् इन्जिनियरले परमर्शदाता कम्पनीसँगै मिसिएर काम गरे। उनीहरूको क्षमता वृद्धि भएको मानियो। खोइ त कुन ठूला आयोजना नेपाल विद्युत् प्राधिकरणले आफैं डिजाइन र निर्माण व्यवस्थापन गर्‍यो ? ती आयोजनामा संलग्न इन्जिनियरहरू फेरि अर्को आयोजनामा त्यसरी नै संलग्न हुँदै गए, भत्ता बुझ्दै गए तर प्राधिकरणको समग्र क्षमता वृद्धिमा भने कुनै योगदान पुर्‍याएनन्।

विद्युत् प्राधिकरणभित्र हालै एनईए इन्जिनियरिङ कम्पनी सुरु गरिएको छ। आशा गरांै– यो कम्पनीले अनुभवी र सक्षम इन्जिनियरहरूलाई एकै ठाउँमा ल्याउने प्रयास गर्नेछ। त्यो जनशक्ति ठीक समयमा ठीक कामका लागि प्रयोग गर्नेछ। तर यो उपलब्धिका लागि कम्पनीले अहिले चलिरहेको प्रथा तोड्नैपर्छ।

इन्जिनियरिङ क्षेत्रको क्षमता वृद्धिका लागि सरकारी मात्र नभई निजी क्षेत्रमा पनि ध्यान पुर्‍याउन आवश्यक छ। नेपालका निजी क्षेत्रका इन्जिनियरिङ परामर्शदाता कम्पनीको क्षमता अभिवृद्धि गराउँदै उनीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ।

भविष्यमा नेपालका ठूला आयोजनामा देशभित्रकै कम्पनीलाई उपयोग गर्न पनि यो आवश्यक छ। अहिले पनि नेपालका केही इन्जिनियरिङ परामर्शदाता कम्पनीहरूले अफ्रिका र एसियाका विभिन्न देशहरूमा काम गरिरहेकै छन्। तर नेपालभित्रैका आयोजनामा काम गराउन हाम्रा सरकारी निकाय मात्र होइन, निजी क्षेत्र पनि ढुक्क हुन सकेका छैनन्।

विद्युत् प्राधिकरणबाट अहिले धेरै आयोजनामा विभिन्न कामका लागि विदेशी परामर्शदाता कम्पनीको छनोट भइरहेको छ। तल्लो सेती १०४ मेवा, तमोर जलाशय ७६२ मेवा, तामाकोसी– ५ (९५ मेवा) अरुण, कोसी र मस्र्याङ्दी करिडर प्रसारण लाइनलगायत अन्य धेरै आयोजनाका लागि परामर्शदाता छनोट हुँदैछन्।

जागिरे जीवनभर विदेशी परामर्शदातासँग तालिम र

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account