गहिरिँदो भेनेजुएला संकट

गहिरिँदो भेनेजुएला संकट

गहिरिँदो भेनेजुएला संकट

दक्षिण अमेरिकी राष्ट्र भेनेजुएला यतिवेला गम्भीर राजनीतिक, मानवीय तथा आर्थिक संकटमा फसेको छ । निर्वाचित राष्ट्रपति निकोलास मदुरोलाई अमेरिकाको समर्थनमा गत २३ जनवरीमा प्रतिपक्षी दलका नेता जुआन गुएइदोले सडकमार्फत आफूलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि संकट चुलिएको छ ।

राष्ट्रपति मदुरोलाई समर्थन गर्ने वा स्वयंले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुएइदोलाई समर्थन गर्ने भन्नेमा समेत विश्वका महशक्ति राष्ट्रदेखि अन्य राष्ट्र विभाजित भएका छन् ।

एक समय दक्षिण अमेरिकाको सबैभन्दा धनी मुलुक भेनेजुएलाले अहिले अमेरिकी आर्थिक नाकाबन्दीको मार, धराशयी अर्थतन्त्र, कमजोर मुद्रा, भ्रष्टाचार, भोकमारी, औषधिको अभाव, बढ्दो कुपोषण, लाखौँ गुणाले बढेको चरम मूल्यवृद्धि, बेरोजगारी, विद्युत् आपूर्तिको अभाव, देशको पेट्रोलियम पदार्थको गिर्दो मूल्यलगायत जर्जर समस्याका कारण गम्भीर मानवीय संकट सामना गर्नुपरेको छ ।

परिणामस्वरूप, संयुक्त राष्ट्रसंघका अनुसार ३ करोड २५ लाख हाराहारीमा रहेको जनसंख्यामध्ये गएको वर्ष मात्रै २० लाख भेनेजुएलीले देश छाडिसकेका छन् भने सन् २०१९ मा बाँकी ५० लाख देश छाड्ने स्थितिमा छन् । एकताका सम्पन्न मुलुक भेनेजुएला अहिलेको संकटको स्थितिमा कसरी आयो त ?

पेट्रोलियम सम्भाव्यताले सम्पन्न बनेको मुलुक : भेनेजुएलामा सन् १९१० को दशकबाटै सानो मरिमाणमा पेट्रोलियम पदार्थ उत्खनन थालिएको थियो । सन् १९२२ मा रोयल डच सेलका भूगर्वविद्को टोलीको अध्ययनले पहिलोपटक भेनेजुएलाको माराकाइबो बेसिनमा विश्वको सबैभन्दा ठूलो पेट्रोलियम पदार्थको भण्डारण रहेको पत्ता लगायो ।

यस क्षेत्रमा भण्डारण पत्ता लागेपछि भेनेजुएलाले प्रत्येक दिन एक लाख ब्यारेलको दरमा पेट्रोलियम पदार्थ उत्खनन गर्न थाल्यो । यसको केही वर्षभित्रै भनेजुएलाका तत्कालीन तानाशाह जनरल जुआन भिसेन्टी गोमेजले पेट्रोलियम पदार्थको उत्पादनका लागि सयभन्दा बढी विदेशी कम्पनीलाई देशमा भित्र्याए ।

सन् १९२९ सम्म आइपुग्दा भेनेजुएलाको वार्षिक पेट्रोलियम पदार्थ उत्पादन १३ करोड ७० लाख ब्यारेलसम्म पुग्यो । यो समय भेनेजुएलाको मुद्रा बोलिभर निकै बलियो बन्यो । सन् १९३५ मा तानाशाह गोमेजको निधन हुँदा भेनेजुएलाको ९० प्रतिशत निर्यात हिस्सा पेट्रोलियम पदार्थले ओगटेको थियो ।

तर, मुख्यतया सन् १९३० को दशकमा भेनेजुएलामा पेट्रोलियम पदार्थको उत्पादन गर्ने रोयल डट सेल, गल्फ र स्ट्यान्डर्ड आयल कम्पनीले मात्रै भेनेजुएलाको पेट्रोलियम बजारको ९८ प्रतिशत हिस्सा नियन्त्रणमा लिएका थिए ।

गोमेजपछिका शासकले पेट्रोलियम क्षेत्रमा सुधार गर्दै सरकारी ढुकुटी बलियो बनाउने प्रयास गरे । यसका लागि सन् १९४३ मा हाइड्रोकार्बन कानुन लागू गरेर भेनेजुएलामा पेट्रोलियम पदार्थ उत्पादन गर्ने विदेशी कम्पनीले आफ्नो नाफाको ५० प्रतिशत हिस्सा सरकारलाई दिनुपर्ने व्यवस्था गरियो ।

यो व्यवस्था लागू भएको पाँच वर्षभित्रै सरकारी कोष ६ गुणाले बढ्यो । सैन्य तानाशाहपछि सन् १९५८ मा भेनेजुएलाले पहिलोपटक प्रजातान्त्रिक सरकारलाई निर्वाचनमार्फत प्राप्त ग-यो । तत्कालीन मुख्य राजनीतिज्ञहरूले पुन्टो फिजो सम्झौतामा हस्ताक्षर गरे, जसले पेट्रोलियम पदार्थको नाफालाई राज्यकेन्द्रित बनायो ।

सन् १९६० मा भेनेजुएला पेट्रोलियम निर्यातकर्ता मुलुकको संगठन (ओपेक) को सदस्य बन्यो, जुन संगठनमा इरान, इराक, कुवेत र साउदी अरेबिया संस्थापक थिए । सोही वर्ष भेनेजुएलाले पहिलोपटक राज्यको स्वामित्वमा रहने पेट्रोलियम पदार्थ उत्पादन गर्ने कम्पनी खोल्यो भने अन्य कम्पनीको ६५ प्रतिशत नाफासम्म आयकर बढायो ।

सन् १९७३ मा आइपुग्दा दक्षिण अमेरिकी मुलुकमध्ये सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको मुलुक भेनेजुएला बन्यो । यसको दुई वर्षभित्रै देशको ढुकुटीमा १० अर्ब अमेरिकी डलर थपियो । तर, यही समयदेखि राज्यको ढुकुटी दुरुयोग तथा भ्रष्टाचार सुरु भयो । विश्लेषकका अनुसार सन् १९७२ देखि १९९७ भेनेजुएलाको ढुकुटीबाट सय अर्बबराबर हिनामिना तथा भ्रष्टाचार भयो ।

सन् १९७६ मा भेनेजुएलाका तत्कालीन राष्ट्रपति कार्लोस एन्ड्रेस परेजले पेट्रोलियम उद्योगलाई राष्ट्रियकरण गरे । पेट्रोलियम पदार्थको सम्भाव्यता खोजी, उत्पादन, रिफाइनिङ तथा निर्यातका लागि उनले राज्य स्वामित्वको निकाय ‘पिडभ्सा’ स्थापना गरे ।

तर, सन् १९८० को दशकमा विश्वको पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आयो, जसका कारण भेनेजुएलाको अर्थतन्त्र खुम्चिन पुग्यो भने देशमा महँगी बढ्यो । यही समय पे

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account