पर्वतारोहण र धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य

पर्वतारोहण र धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य

पर्वतारोहण र धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य

सात प्रदेशमध्ये प्रदेश १ मा संसारकै अग्लो स्थान सगरमाथादेखि नेपालकै होचो स्थान झापाको केचना कबलसम्म पर्छन् । यी पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूको विकास गर्न सके समृद्ध प्रदेश निर्माण गर्न सकिने सरोकारवालाको भनाइ छ ।

सन् १९५० को दशकपछि नेपाल पर्वतारोहणका लागि विश्वभर मुख्य गन्तव्य बन्यो । यससँगै धार्मिक सम्भावना पनि  प्रदेश १ मा अधिक छ । ८ हजार मिटरभन्दा उच्च ५ वटा  र पाँच हजार मिटरभन्दा उच्च ३५ वटा हिमाल यही प्रदेशमा छन् ।  केही हिमाल पर्वतारोहीहरूका मुख्य आकर्षण हुन् । सगरमाथा, कञ्चनजंगा र मकालु आधार शिविर ट्रेकिङका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेका छन् ।
पर्वतारोहण र ट्रेकिङसँगै प्रदेश १ धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको प्रदेश हो । सही ढंगले बजार व्यवस्थापन र सम्भाव्य तीर्थालुलाई आकर्षित गर्नका लागि उचित कार्ययोजना भए प्रदेश एक धार्मिक पर्यटनको उत्तम गन्तव्य भएको सरोकारवालाले बताएका छन् ।

पर्यटनमा पाँचवर्षे रोडम्याप 
प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७५÷०७६ को नीति तथा कार्यक्रममा विभिन्न पर्यटनसम्बन्धी विभिन्न कार्यक्रम ल्याइएको छ । पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास र प्रचार–प्रसारलगायत योजनामा प्रदेश सरकारले ८९ करोड बजेटसमेत विनियोजन गरेको छ । पर्यटक आवागमन वृद्धि गर्न पाथीभरा– फुङलिङ, भेडेटार–भेंडेटार, खोटाङ हलेसी जयराम, सूर्यकुण्ड–बराहक्षेत्र केबलकार सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने, यसैगरी  सोलुखम्बुको फाप्लु–लुक्ला, नाम्चे–सगरमाथा बेसक्याम्प, बाह्रबिसे–सभापोखरी, केराबारी–जेफाले–मिक्लाजुङ, मंगलबार–अन्तुडाँडा, इलामको माइपोखरीलगायत स्थलमा केबलकार सञ्चालनका लागि विस्तृत अध्ययन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

विराटनगरबाट माउन्टेन फ्लाइट
भारतको पश्चिमबंगला र विहार क्षेत्रका पर्यटकलाई आकर्षण गर्न विराटनगरबाट हिमशिखर अवलोकन उडान (माउन्टेन फ्लाइट) सुरु भएको छ । यो निजी क्षेत्रको लगानीमा सुरु गरिएको हो । भारतीय तथा बंगलादेशी पर्यटकलाई लक्षित गरी यस क्षेत्रमा रहेको धार्मिक पर्यटकीय स्थल र सिमसार क्षेत्रको प्रवद्र्धनमा विशेष ध्यान दिने प्रदेश सरकारले नीति लिएको छ । धरान, उदयपुर, धनकुटा, पाँचथर र तेह्रथुमका विमानस्थल निर्माणको कार्यलाई प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा विशेष जोड दिएको छ ।

विजयपुर र शक्तिपीठ सर्किटको अवधारणा 
प्रदेश नं. १ सरकारको नीति तथा कार्यक्रममा पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको थियो । प्रदेशमा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरूलाई जोड्ने यातायात तथा पदमार्गहरूलाई व्यवस्थित गर्ने योजना अघि सारेको छ । प्रदेश सरकारले सुनसरीको कोसीटप्पु, बर्जुताल, तालतलैया इटहरी, बराहक्षेत्र, रामधुनी, विष्णुपादुका, बुढासुब्बा, पिण्डेश्वरी क्षेत्रलाई बराह– विजयपुर सर्किट बनाउने योजना अघि सारेको छ । यस्तै खोटाङको हलेसी, वराहपोखरी,  धनकुटाको छिन्ताङ,  भोजपुरको साल्पापोखरी, संखुवासभाको मनकामना, इलामको माइपोखरी र ताप्लेजुङको पाथीभरा क्षेत्रलाई शक्तिपीठ सर्किटको रूपमा विकास गरी पर्यटन प्रवद्र्धन र सेवाहरूको विविधीकरण गरिने उल्लेख छ ।

यस्ता छन् प्रदेश १ का गन्तव्य 
मोरङका मिक्लाजुङ डाँडा, जेफाले डाँडा र बेतेना सिमसार, झापाको केचनाकलन, जामुनखाडी सिमसार र अर्ज‘नधारा, इलामका अन्तुडाँडा र कन्याम, पाँचथरको जोरपोखरी, ताप्लेजुङको पाथीभरा र कञ्चनजंघा हिमशृंखला क्षेत्र, सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र, वराहक्षेत्र, विजयपुर क्षेत्र, धनकुटाका भेडेटार र नाम्जे, भोजपुरका ट्याम्के र मैयुङ डाँडा, तेह्रथुमको गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले क्षेत्र, संखुवासभाका सभापोखरी, मत्स्यपोखरी र जौबारी महादेव गुफा, सोलुखुम्बुका सगरमाथा, ल्होत्से र चोयु हिमाल, खोटाङका वराहपोखरी र ट्याम्के डाँडा, उदयपुरका जाल्पादेवी, लिम्पाटार र रौतापोखरी तथा ओखलढुंगाको सतासीधामजस्ता पर्यटन क्षेत्र प्रचूर सम्भावना बोकेका क्षेत्र छन् ।
प्रदेशमा ताप्लेजुङको पाथीभरादेखि खोटाङको हलेसी, सुनसरीको वराहक्षेत्र, बुढासुब्बा, पिण्डेश्वरी, रामधुनी, दन्तकाली, उदयपुरको रौता पोखरी, खोटाङको बराहपोखरी, धनकुटाको छिन्ताङदेवी, मोरङको सुनवर्र्षी, झापाको कन्काई धाम, शिवसताक्षी जस्ता धार्मिक पर्यटन क्षेत्र पर्छन् ।

पाराग्लाइडिङ र -याफ्टिङ
विगतमा पोखरामा मात्रै प्याराग्लाइडिङ सेवा सञ्चालनमा थियो । तर, प्याराग्लाइडिङ धरान र बेलका नगरपालिकामा पनि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । भोटेकोसीपछि -याफ्टिङका लागि राम्रो नदीको रूपमा पूर्वको तमोरलाई मानिन्छ । तमोरसँगै सुनकोसी र अरुण पनि अन्य राम्रा ¥याफ्टिङ नदीहरूमा पर्छन् ।

केबलकार सञ्चालनको तयारी 
फुङलिङ–पाथीभरा, धरान–भेडेटार, जयरामघाट–हलेसी, वराहक्षेत्र–सूूर्यकुण्ड, फाप्लु–लुक्ला, नाम्चे–सगरमाथा बेसक्याम्प, बाह्रबिसे–सभापोखरी, केराबारी–जेफाले, अन्तुडाँडा–मंगलबारे, माइपोखरीलगायतका अन्य सम्भाव्य स्थानहरूमा केबलकार तथा चतरा किमाथांका र चतरा सुनकोसी जलमार्ग सञ्चालनको सम्भाव्यता अध्ययनका लागि बजेटसमेत छुट्याइएको छ । उच्च हिमाली पदमार्गको सम्भाव्यता अध्ययन गरिनेछ । त्यसैगरी इलामको सन्दकपुर र पाँचथरको राँकेबाट कञ्चनजंगा बेसक्याम्पसम्म र चतरा वराहक्षेत्र भोजपुरको हतुवागढी किराँत दरबार संखामचुली ट्याम्के मयुङ सभापोखरी साल्पासिलिचुङ हँुदै सगरमाथा र मकालु बेसक्याम्पसम्मको सर्किटलाई पर्यटकीय पदमार्गको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पाँच वर्षमा पाँच लाख पर्यटक भित्रर्याउने
सन् २०१८ लाई पर्यटन प्रवद्र्धन तथा प्रचार–प्रसार एवं पूूर्वाधार निर्माणका लागि अध्ययन वर्ष घोषणा गरेको थियो ।  सन् २०१९ लाई पर्यटन महोत्सव वर्ष र २०२०–२०२२ लाई पर्यटन पूूर्वाधार निर्माण वर्ष घोषणा गरी कार्य थालनी गरिने मन्त्री कार्कीले जानकारी दिएका छन् ।  यस आधारमा आगामी १० वर्षभित्र नेपालमा ५० लाख पर्यटक भिœयाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्न चीनलगायत सार्क मुुलुक र बिमस्टेक मुुलुुकसँग सडक, रेल, हवाईमार्गबाट र अन्य सुगम पहुँचको विकास गरी आगामी पाँच वर्षभित्र यस प्रदेशमा ५ लाख पर्यटक भिœयाउने लक्ष्य राखी पर्यटन पूूर्वाधार विकासमा तीव्रता दिइरहेको उनले जानकारी दिए ।
प्रदेश १ का ट्रेकिङ रुट
सगरमाथा आधार शिविर
प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्यको रूपमा सगरमाथा आधार शिविरलाई लिने गरिन्छ ।  नेपालको पर्यटन लगभग ५० प्रतिशत यही आधार शिविरले धानेको छ । खोलुखुम्बु जिल्लामा पर्ने सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा पनि छ । यही निकुञ्जको आठ हजार आठ सय ४८ मिटर अग्लो सगरमाथा पर्वतारोहणका लागि मात्रै होइन, पदयात्राका लागि पनि चर्चित छ । विश्वका मानिस यहाँ आउँछन् । लुक्लाबाट कालापत्थरसम्मको पदमार्गका लागि पनि यो क्षेत्र लोकप्रिय छ । सामान्यतया १६ दिनका लागि यो रुट तयार गरिएको छ ।
प्रत्येक ६–६ महिनामा यहाँ विदेशी पर्यटक यो रुटमा यात्रा गर्ने गर्छन् । झन्डै पाँच हजार पाँच सय ४५ मिटर उचाइमा पैदलयात्रा गरेर विदेशी पाहुना आनन्द लिने गर्छन् । स्थानीय पर्यटक गाइड छिरिङ शेर्पाका अनुसार हिमाल चढ्न नसक्नेहरूले यो रुटमा पैदलयात्रा गर्ने गरेका छन् । यस रुटमा नेपालीहरूले कमै मात्रामा पदयात्रामा निस्किने गरेका छन् ।

मकालु आधार शिविर
मकालु हिमाल शंखुवासभा जिल्लामा पर्छ । मकालु आठ हजार चार सय ६३ मिटरको विश्वको पाँचौँ अग्लो शिखर हो । यो हिमालको आधार शिविर विश्वको लोकप्रिय ट्रेकिङ रुट हो भन्ने कुरा नेपाली कमैलाई थाहा छ । यहाँ विदेशी पर्यटकले पैदलयात्रा गर्छन् । यो रुट शंखुवासभाको तुम्लिङटार विमानस्थलबाट सुरु भएको छ । विश्वको होचो उपत्यका अरुण उपत्यकाबाट  टे«किङ सुरु हुन्छ ।  संखुवासभाको नुमसम्म गाडी पुगेकाले त्यहाँबाट जाँदा भने १४ दिनमै मकालु पुग्न सकिन्छ । जिल्ला सदरमुकाम खाँदबारीबाट ४ घन्टा सवारीमा यात्रापछि नुम पुग्न सकिन्छ । यो रुटको सबैभन्दा उच्च तह पाँच हजार मिटरसम्म रहेको छ ।

कञ्चनजंघा आधार शिविर
आठ हजार पाँच सय ८६ मिटरको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यो प्रदेश नं. १ को ताप्लेजुङको ओलाङचुङगोला भएर पुग्न सकिन्छ । कञ्चनजंघा आधार शिविरको टे«किङ प्रदेश १ को दोस्रो लोकप्रिय रुट मानिन्छ । सगरमाथापछि बढी विदेशी पर्यटक यहाँ आउने गर्छन् । ताप्लेजुङको सुकेटार विमानस्थलबाट सुरु हुने यो टे«किङ २५ दिन हाराहारीको रहेको स्थानीयले बताएका छन् । यो रुटको ट्रेकिङमा कञ्चनजंघा आधार शिविरको ५ हजार ४ सय मिटरको उच्च स्थानमा पुगेर आनन्द लिन सकिन्छ ।

-Naya Patrika

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account