गरुड पुराणबाट प्रियंकाको डेब्यु

गरुड पुराणबाट प्रियंकाको डेब्यु

गरुड पुराणबाट प्रियंकाको डेब्यु

निर्देशक सुवास कोइरालाले आफ्नो प्रदर्शोन्मुख नयाँ फिल्म ‘गरुड पुराण’बाट नयाँ हिरोइनलाई डेब्यु गराएका छन् । उनी हुन्, प्रियंका सिंह । माघ ४ गते प्रदर्शन हुने फिल्मकी मुख्य हिरोइन प्रियंकालाई सुवासले एउटा म्युजिक भिडियो हेरेर डेब्यु गराएका हुन् ।

काठमाडौं, नयाँ बानेश्वरकी प्रियंकाले बफिन्स–९८ को अन्जानैमा बोलको गीतको भिडियोमा अभिनय गरेकी थिइन् । टिक टकमा पनि निकै सक्रिय र चर्चित रहेकी प्रियंका अचेल गरुण पुराणको प्रमोसनमा खटिएकी छिन् ।

टिकटक भिडियो बनाउनु र फिल्ममा अभिनय गर्नुमा निकै फरक भएको अनुभव प्रियंका सुनाउँछिन् । भन्छिन्, ‘टिकटकमा आफैँले, आफ्नो मर्जीले भिडियो बनाइरहेकी थिएँ । तर, फिल्ममा त धेरै गाह्रो हुँदो रैछ ।’ फिल्ममा उनले  कर्मा, कामेश्वर चौरसिया, प्रवीण खतिवडा र नाजिर हुसेनसँग अभिनय गरेकी छिन् ।

सुटिङका सुरुका दिनमा त्यति सहज महसुस नभएको उनी बताउँछिन् । ‘सिनियर एक्टरसँग काम गर्दा सुरुका दिनमा के कसो हो भन्ने लाग्यो । तर, पछि उहाँहरूले मलाई निकै सहयोग गर्नुभयो,’ उनी भन्छिन्, ‘जहाँसम्म मैले धेरै राम्रो गरेकी छुजस्तो लाग्छ । तर, मेरो कामको मूल्यांकन दर्शकले गरिहाल्नुहुनेछ नि !’

प्रियंकालाई गरुण पुराण रिलिज नहुँदै केही फिल्मबाट अफर आइरहेको छ । फिल्ममै करिअर बनाउन चाहने प्रियंकालाई अहिले डेब्यु फिल्मको परिणामको प्रतीक्षा छ रे ! ‘पहिला डेब्यु फिल्मबाट कस्तो रेस्पोन्स पाउँछु, त्यो हेर्छु,’ उनी भन्छिन्, ‘त्यसपछि आफूलाई अझ निखार्दै अघि बढ्छु । म अब फिल्ममै करिअर बनाउन चाहन्छु ।’

-Naya Patrika

admin

leave a comment

Create Account



Log In Your Account