कर्मचारीको आन्दोलनका कारण संसदीय सुनुवाइ समितिको बैठक स्थगित

कर्मचारीको आन्दोलनका कारण संसदीय सुनुवाइ समितिको बैठक स्थगित

कर्मचारीको आन्दोलनका कारण संसदीय सुनुवाइ समितिको बैठक स्थगित

संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । अतिरिक्त समयमा कार्यालय सञ्चालन भएको समयअवधिमा काम गरेबापत भत्ता व्यवस्था गर्नुपर्ने भन्दै आन्दोलनरत निजामति कर्मचारीका कारण सुनुवाइ समितिको बैठक अवरुद्ध भएको हो ।


प्रस्तावित प्रधानन्यायाधीशका उमेद्वार चोलेन्द्र शमशेर जबराले आफ्नो अवधारणा र कार्ययोजनाबारे बैठकमा बोलेका थिए । लगत्तै संघीय संसदका सांसदहरुले आफ्नो धारणा राखेका थिए । सुनुवाइ समितिमा रहेका १५ मध्ये १२ सांसदले धारणा राखे भने सांसदद्वय सुरेन्द्र पाण्डे र निरुदेवी पालले बोल्न बाँकी थियो ।

कर्मचारीले नाराबाजी गर्दै आन्दोलन गर्न थालेपछि समितिका सभापति लक्ष्मणलाल कर्णले आगामी मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन् । चोलेन्द्रविरुद्ध समितिमा ९ वटा उजुरी परेको थियो । सो उजुरीमाथि सांसदहरले आफ्ना राय प्रस्तुत गरिरहेका थिए ।

-Naya Patrika

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account